सिंगो नेपाललाई सम्बोधन गरिसके ः मोदी

- August 4, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगो नेपाललाई सम्बोधन गरि सकेको बताएका छन् । सोमबार हायात होटलमा मधेसी नेताहरुबीच भेटवार्ताको क्रममो उनले सो कुरा बताएका हुन ।
मोदीलाई भेट्न कांग्रेस र एमाओवादीका मधेसी नेतासहित मधेसवादी दलका नेताहरु होटल हायात पुगेका थिए । भेटमा मधेसको विकास निर्माणबारे समेत कुराकानी भएको नेताहरुले बताएका छन् । भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफूहरुमाथि विभेद भएको भन्दै सम्बोधन गर्न अनुरोध गर्दा उनले नेपाललाईनै सम्बोधन गरेको बताएका थिए ।
मधेसी नेताहरुले मधेसलाई विशेष सम्बोधन गर्नु पर्ने बताएका थिए । जवाफमा मोदीले भने आफूले मधेसलाई मात्र होइन, संसदबाट सिंगो नेपाललाई सम्बोधन गरिसकेको जवाफ दिएका छन् ।
मोदीले हिमाल, पहाड र तराईलाई समेट्ने गरी अघि बढ्न सुझाव समेत दिएका छन् । मोदीको जवाफपछि महन्थ ठाकुर, महतोसहितका नेताहरु केही निराश देखिएका छन् ।
राजनीतिक भेटघाटमा व्यस्त मोदी अहिले ४ ः ३० बजे स्वदेश फर्किने कार्याक्रम रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!