नेपालमा पनि ठगियौ मलेशियामा पनि ठगीनबाट जोगिन सकिएन: नेपाली कामदार माथि चरम शोषण

- June 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की/मनोज खतिवडा

मलेशिया । मंहगो शुल् क बुझाएर धन कमाउने उदेश्यले मलेशिया आएका नेपाली कामदारहरुरुमाथि चरम श्रम शोषण हुनेगरेको पाइएको छ । यही साता गरिएको मलेशियाको भ्रमणमा अधिकाशंश नेपालीहरुले आफुहरु शोषणमा परेको गुनासो गुनासो गरेका छन् । श्रमिकहरुमाथि नेपाल र मलेशिया दुबै ठाऊँमा शोषण हुने गरेको कामदारहरुको भनाई रहेको छ ।
मलेसियामा रहेका नेपालीहरुसँगको छलफल तथा कामदारहरु रहने विभिन्न स्थानमा गएर अध्ययन गर्दा कतिपयले न्यूनतम मानवअधिकारको उपभोग गर्नसमेत नभएको स्थिति देखेको एको छ । मलेशिया जाने नेपालीरुमाथि शूल्क लिने क्रमदेखि नै चरम शोषण हुने गरेको जनाएका छन् । सरकारले ८० हजार रुपैयाँको सीमा तोकेको छ । तर म्यानपावर ऐजेन्सीहरुले १ लाख ६० हजारसम्म असुल्ने गरेको पाईएको छ । समान्यत अहिले विश्वभर अर्को देशमा कामदार पठाऊँदा शून्य शुल्क रहने अभ्यास भइरहेको छ । यस्तो अवस्थामा नेपाली कामदारमाथि भएको यो चरम शोषण हो ।

नेपालीहरुमाथि विभिन्न बहानामा लिईने अतिरिक्त शुल्क र कम्पनी मालिकहरुले समेत शोषण गरिरहेको पाइएको ट । मलेशिया सरकारले नेपालीहरुको भिसा शुल्क ७ सय रुपैयाँ राखेको छ । तर भिसा प्रोसेसिङको आउटसोर्सिङ शुल्क ३२ सय रुपैयाँ लिने गरेको छ,’ नेपालकै मेनपाबर कम्पनीले मंहगो शुल्क लिएर स्वदेशमै गरेको ठगीबाट मलेशियामा मलेशीयामा आउदा समेत ठगीनबाट मुक्त हुन नपाइको गुनासो श्रममिकहरुको रहेको छ । सो बारे मलेशियामा रहेको नेपाली राजदुताबासले समेत कुनै चासो दिएको छैन ।   ९मलेशियाबाट०


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!