आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

- June 11, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पाल्पा । आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् ।आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् । यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती गर्दै आएका छन् । रम्भा गाउँपालिका–१ हुँगीका अर्जुन पाठकका अनुसार किसानका खेतबारीमा फलेका आँपमा साना साना सेता किराले आक्रमण गरेपछि पूरै आँप झर्ने र खान नहुने भएकाले यो खेतीबाट दुईचार रुपैयाँ कमाउन खोज्नेका लागि ठूलो असर पारेको छ ।

कालीगण्डाकी नदीको किनारामा रहेको हुँगी आँप र लिची खेतीका लागि राम्रो मानिए पनि बर्सेनि आँपमा विभिन्न रोगले आक्रमण गरेका कारण किसानले फाइदा लिन सकेका छैनन् । स्थानीय जातका आँपमा पछि रोपिएका आँप प्रशस्त मात्रामा फल लाग्ने तर फल पाक्न नपाउने गरेको स्थानीयवासीको भनाइ छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!