मायालाई बद्नाम नगर्न गायिका प्रतिक्षाको आग्रह

- June 8, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायिका प्रतिक्षा गुरुङले पछिल्लो समयमा मायाँलाई बद्नाम नगर्न भन्दै आग्रह गरिएको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । गायिका गुरुङले स्वरबद्ध गरिएको दुई गीतको म्युजिक भिडियो बजारमा हालै सार्वजनिक गरेकी हुन । गायिका गुरुङले आफ्नो एकल एल्बम प्रतिक्षामा समावेश ‘मायालाई बद्नाम नगर’ र ‘यो मन दुखाउन पाईदैन’ बोलको दुई गीतहरु बजारमा ल्याएकी हुन् ।
गायिका गुरुङको उक्त एल्बममा चर्चित गीतकार डा. कृष्णहरि बराल र दीप घतानीको शब्द रहेको छ । गीतकार बरालकै शब्दमा उनले आवाज दिएकी छिन् । उक्त दुवै गीतको म्युजिक भिडियो भने कमल राईले बनाएका हुन् । दुई साताअघि  गायिका गुरुङ्गले आफ्नो पहिलो एल्बम ‘प्रतिक्षा’ को विमोचन गरेकी थिईन् । उनको एल्बममा ६ वटा गीतहरु समावेश गरिएको छ जसमा अहिले दुई वटा गीतहरुको म्युजिक भिडियो बजारमा आएको हो । यस एल्बममा समावेश गीतहरुमा संगीत गैरे सुरेशले दिएका छन् ।
मायालाई बद्नाम नगर बोलको गीतमा सुनिल गुरुङ र रिचा थापाले अभिनय गरेका छन् भने यो मन दुखाउन पाईदैन बोलको गीतमा जान्बी र सुशिलको अभिनय छ । गायन क्षेत्रमा नौ वर्ष देखि साधना गर्दै आउनुभएकी गुरुङको यो पहिलो एल्बम हो । गोरखामा जन्मिएकी गुरुङ पेशाले नर्स हुन् । नर्सिङ पेशामा आबद्ध गुरुङको मोह पछिल्लो समय गायनमा समेत देखिएको छ । नर्सिङ र गायन बाहेक उनको अर्को रुचिको क्षेत्र भनेको समाजसेवा पनि हो । कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई सहयोग गर्दै आएकी गायिका गुरुङले नविन सामुदायिक सेवा मार्फत प्रौढ शिक्षा कार्यक्रम समेत सञ्चालन गर्दै आएकी छिन् ।
नुवाकोटमा ६० जना बालबालिकाको लालनपालन र पठनपाठनको जिम्मेवारी पनि उनै ले लिएकी छिन । २०६५ सालमा स्थापना भएको यो संस्थाले हालै नुवाकोटको नेपाने स्कुलका बिपन्न बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री बितरण गरेको छ । संस्थाकि अध्यक्ष सुनिता गुरुङ र गायिका प्रतीक्षा गुरुङले  सो शैक्षिक सामग्री बितरण गरेको हो । उक्त अवसरमा संस्थाका प्रतिनिधि र बिद्यालय का शिक्षक शिक्षिका र अन्य बिध्यार्थी हरुको उपस्थिति थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!