रक्तचन्दन तस्करी गिरोहका नाइकेहरु यसरी गर्छन् अर्को ठगी धन्दा

- June 6, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्रमणी शर्मा

काठमाडौं । विगत लामो समयदेखि तस्करी धन्दामा संलग्न रहँदै आएको एक समूहको ठगी धन्दा यतिवेला तीव्रखबरले फेला पारेको छ । तस्करहरु तस्करी मात्र गर्दैनन् ठगी धन्दामा समेत संलग्न हुन्छन् भन्ने रहस्य यतिवेला खुलेको हो ।

गत २०६६ साल भाद्र २ गते जिल्ला प्रहरी कार्यालय दोलखाले रक्तचन्दन तस्करीमा संलग्न भएको भन्दै एक मालबाहक गाडी ना ३ ख ७६२३ नंम्बरको कन्टेनर पक्राउ परेको आठ वार्ष वितिसकेको छ, सो कन्टेनरको विवाद भने अहिलेसम्म ज्यूँकात्यूँ अल्झिएसंगै तस्करहरुको ठगी धन्दा बाहिर आएको हो । उक्त गाडीको तत्कालिन धनी सिन्धुपाल्चोक फुल्पिङकट्टी वडा नं. १ का टेण्डुप शेर्पा भएको भएतापनि शेर्पाले गाडी त खरिद गरे तर अहिलेसम्म उक्त गाडीको त्यसअघिका धनी देवीबहादुर बुढाथोकीलाई भूक्तानी नदिनुले उनको ठगी हर्कत हदैसम्म रहेको प्रष्ट भएको नाम उल्लेख गर्न नचाहने जिल्ला अदालत दोलखाका एक कर्मचारीले बताए ।

हुन त, शेर्पाले त्यतिबेला गाडी ठेक्कामा सोही जिल्ला फुल्पिङकट्टी वडा नं. ३ का आङदोर्जे शेर्पा र हेम गुरुङलाई जिम्मा लगाएको भएतापनि टेण्डुपले गाडी जिम्मा लगाए तर साहुलाई पैसा नै नतिरी अहिलेसम्म उनी बेपत्ता छन् । टेण्डुप यस्तो ग्राण्डडिजाइनर हो जो अहिले पनि दुबईमा बसेर यहाँ तस्करी धन्दामा संलग्न रहँदै आएका छन् । उनले माष्टर प्लान नै गरि उधारोमा गाडी खरिद गरे आफु बाहिरिए र आफ्नो आसेपासेलाई काममा खटाए, उनी अहिले श्रीमती ज्ञानु तामाङका साथमा दुवईमा बस्छन्, अनि यहाँको तस्करी धन्दाबाट आएको रकम उतै प्राप्त गछन् । टेण्डुप पछिल्लो समय मानव तस्करीमा समेत संलग्न भएको आरोप छ ।

प्रहरीले पक्राउ गरेको उक्त गाडीको तत्कालिन विक्रि गर्ने धनी देवीबहादुर बुढाथोकीले २७ लाख पचास हजारमा गाडी बेचेको भएतापनि न पैसा पाए, उल्टै १८ लाख असि हजार रुपैयाँ अदालतलाई जमानत राखी गाडी छुटाउन बाध्य बने । अवैध तस्करी धन्दामा आङदोर्जे र हेम गुरुङ संलग्न रहने गाडी प्रहरीले समातेपछि फरार हुँदै गाडी निखन्ने र चालक निकाल्ने काममा सक्रियता नदेखाउनुले पनि उनीहरुको ठगीको हर्कत थप बाहिर आएको हो । चालक अर्जुन थापा १५ महिना जेलमा बसे न त, उनीहरुले सो अवधिको तलव दिए न त निकाल्नका लागि ढरौती नै बुझाए ।

पाङ्ग्रेटार वडा नं. ४ का रामबहादुर कार्कीको जग्गा अदालतमा ढरौतीमा राखी व्याज दिने पछि निखनिदिन्छु भन्दै कार्कीलाई समेत सो गिरोहले ठगी गर्न भ्याए, चालक अर्जुन थापा निकाल्नका लागि जग्गा अदालतमा ढरौती बुझाएको पनि सात वर्ष भैसकेको छ । उनीहरु अहिलेसम्म उक्त जग्गा अदालतबाट निखन्ने तर्फ नलाग्नुले सोझा सिधा व्यक्तिहरुलाई डुवाउने र आफु कमाउन जेपनि हर्कत गर्न उनीहरु पछि नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाका एक प्रहरी जवानले तीव्रखबरलाई बताए ।

यतिमात्र हो र, उक्त पक्राउ परेको गाडीमा २६ सय सत्तरी किलो रक्तचन्दन तस्करी गरेकोमा प्रहरीले जम्मा ५ सय २२ किलो मात्र पक्राउ गरेको थियो अरु सबै खासामा किलोको ६ हजारका दरले झण्डै एक करोड २८ लाख ८८ हजारमा बेच्न सफल भए । उक्त सामान झापाका शिवबाट उद्यारोमा लिएको भएतापनि अहिलेसम्म शिवलाई समेत पैसा नदिएर आङदोर्जे, टेण्डुप शेर्पा र हेम गुरुङले ठगी गरी अहिलेपनि भागी भागी हिड्दै आएको बताइएको छ ।

यसै विषयमा प्रतिकृयाको लागि हेम गुरुङलाई म्यासेन्जरमा बुझ्न खोज्दा जवाफ फर्काएनन्, आङदोर्जेले भने सबैकुरा स्वीकार्दै भन्छन् – ‘दाजु टेण्डुपले गाडी आफुलाई जिम्मा लगाएको हो, बाँकी कुरा भेटेरै गरौला ।’ त्यसैगरि बुढाथोकीलाई जिज्ञासा राख्दा उनी भन्छन् -‘सबैकुरा साँचो हो, यहि कारण आफुलाई शेर्पा र गुरुङले मार्नेसम्मको धम्की दिएकोले शान्ति सुरक्षाको माग गर्दै महानगरिय प्रहरी बृत्त, बौद्धमा उजुरी दर्ता गराएको छु, उनीहरुबाट धेरै व्यक्ति पिडित छन् ।’ रक्तचन्दन तस्करी गिरोहका यि नाइकेहरुको थप हर्कत तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!