मतदान अधिकृतलाई तालिम

- May 30, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भद्रपुर । दोस्रोचरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय आजदेखि तालिम सुरु गरेको छ ।

दुई दिने सो तालिममा मतदान अधिकृत एवम् सहायक मतदान अधिकृत गरी ३०० जनाको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।

मतदान केन्द्रमा आफूले पाएको जिम्मेवारी, भूमिका, मतदान केन्द्रको व्यवस्थापन र दायित्व पूरा गर्ने विषयमा जानकारी दिइने तालिम दिइने अधिकारी आचार्यले जानकारी दिनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!