व्यावसायिक माछापालन

- May 30, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पथरी मोरङ । धनपालथापन गाँउपालिका– ६ दादरवेरीयाका दयाराम श्रेष्ठले वार्षिक रु दुई करोडको माछा बिक्री गर्दै आउनुभएको छ ।करिब रु ६ करोडको लगानीमा तीन वर्ष अगाडि १७ बिगा जमिनमा १५ वटा पोखरी बनाएर उहाँले व्यावसायिक माछापालन गर्दै आउनुभएको छ । सुनसरीको तरहरास्थित मत्स्यविकास केन्द्रबाट भुरा ल्याई माछापालन गर्नुभएको हो ।

सिल्भर कार्प, रहु, नैनी, बिग्रेट, ग्रास कार्प जातका माछा पथरी, उर्लाबारी, विराटचोेक, धरान, इटहरी, विराटनगरलगायत सहरमा बिक्री गर्दैआउनुभएको छ । श्रेष्ठले प्रतिकिलो रु २५० मा माछा बिक्री गर्नुहुन्छ । श्रेष्ठले कुखुरा, हाँस समेत पाल्दै आउनुभएको छ ।

मोरङ दर्बेशाका केदार थापाले पनि माछापालन गरेर वार्षिक रु १५ लाख आम्दानी गर्दैआउनुभएको छ । उहाँले २०३० सालदेखि माछापालन गर्दै आउनु भएको हो । अहिले उहाँले दशवटा पोखरीमा माछापालन गर्नुभएको छ ।

सुरुवातमा थापाले भारतको पश्चिम बङ्गालबाट भुरा ल्याएर माछापालन गर्नुभएको हो । अहिले उहाँले ह्याचरी निर्माण गरेर भुरा उत्पादन गर्दैआउनुभएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!