अर्घाखाँची काँग्रेसका पुर्बजिल्ला उपसभापति सहित ४ जनाले दिए राजिनामा

- May 29, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाबाट नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदको उम्मेदवार छनोट गर्दा पार्टीले आफुहरुलाई अन्याय गरेको भन्दै ४ जनाले राजिनामा दिएका छन ।
 यसरी लुकीलुकी उमेदवर चयन गरेपछि काग्रेस अर्घाखाँचीका पुर्बजिल्ला उपसभापती श्यामनाथ कस्यप, पुर्ब क्षेत्रीय सभापतिहरु रमेश खनाल, मणिराम पौडेल तथा जिल्ला कार्यसमिती सदस्य रामप्रसाद घिमिरेले तत्काल पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका हुन् ।
अर्घाखाँचीमा आगामी स्थानीय निर्वाचनका लागि काग्रेसबाट टिकट बितरण गर्दा प्राय सबै गाउँपालिका र नगरपालिका मा सहमतीका साथ उम्मेद्वार छनोट गरेपनि छत्रदेव गाउपालिका र पाणिनि गाउँपालिका सहमति नबनेपछि  उमेद्धार छनौट मतदान बाट टुंगो लगाउने भनिएको थियो ।
छत्रदेब गाउपालिका को मतदानद्वारा टुंगो लगाइयो भने पाणिनि गाउपालिका को खाना खाएपछी मतदान गरि टुंगो लगाउने निर्णय भएको थियो । मतदान को समय पर्खेर बसेका नेता तथा कार्यकर्ता त्यतिबेला चकित बने जतिबेला  केन्द्रबाट जिल्ला गएका केन्द्रिय सदस्यहरु पुस्पा भुसाल र मानबहादुर बि क ले पुस्पा भुसाल का भाइ अच्युत गौतम लाई उम्मेदवार तोकि निर्णय गराए ।  हामी निस्केको २ घन्टा पछि टास्दिनु भनेर खाना खाने बाहाना गर्दै त्यहाँबाट  बाट भागे पछि काङ्ग्रेस नेता तथा कार्यकर्ताहरु आक्रोसित भएका हुन्  । गाउँपालिका भित्रका काङ्ग्रेस कार्यकर्ता सङ्ग छलफल गरि राजिनामा दिने मनसाय बनाएका काङ्ग्रेस अर्घाखाँचीका पुर्ब उप(सभापति तथा पुर्ब माहासमिति सदस्य श्याम नाथ कस्यप) ले  कार्यकर्तासँग छलफल गरेरै राजिनामा दिएका हुन् । २०३५ साल बाट काङ्ग्रेस राजनीति मा सकृय कस्यप माध्यमिक तह को  अध्यापन छोडेर २०४९ सालमा गाबिस अध्यक्ष मा निर्बा्चित भएका थिए ।
पुर्बी क्षेत्रमा राम्रो जनमत भएका बौद्धिक तथा लोकप्रिय कस्यप ले राजीनामा दिए पछी जिल्ला मा काङ्ग्रेस कमजोर हुने कार्यकर्ताहरु बताउँछन् । काङ्ग्रेस अर्घाखाँचीका पुर्ब उप(सभापति तथा पुर्ब माहा समिति सदस्य श्याम नाथ कस्यप) माओबादीको आन्दोलनका क्रममा २०५७ साल कार्तिक २८ गते ४५ दिन माओबादीको अपहरणमा परेका थिए भने उनको रिहाइको लागि सरकारले केन्द्रिय स्तरका २ जना माओबादी नेतालाइ जेलबाट छुटाउन परेको थिए । लोप्रिय मान्छेलाइ पाखा लगाएर मिलिभगत यो आफ्ना मान्छेलाइ उमेदवार चयन गरिएको कुराको पून मुल्याँकन भएन भने आफू स्वतन्त्र उमेदवार बन्ने बताउँदै कस्यपले हाम्रो ब्यक्ति बिशेषको कुरा नभएर समग्र पार्टीको भबिस्य सँग जोडिएको बिषय भएको बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!