भिन्न कथाका साथ दर्पण राईको म्युजिक भिडियो डिजिटल बजारमा

- May 26, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

फरक विषयमा आधारित रहेर दर्पण राईले भर्खरै एउटा नयाँ म्युजिक भिडियो एम एम एस ईन्टरटेनमेन्ट प्रा. लि. मार्फत डिजिटल बजारमा रिलिज गरेका छन । भिडियो फरक ढंगले प्रस्तुत गरिएकोले दर्शकहरुले यसबाट छुट्टै स्वाद पाउन सकिन्छ ।

कभर गीतमा छुट्टै पहिचान बनाउन सफल महेन्द्र राईको मिठो शब्द र संगीत रहेको यस गीतमा सम्झना राईको सुमधुर स्वर सुन्न सकिन्छ भने किशोर थापाको मिक्सिङ रहेको उक्त गीत ए वन म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको हो ।
अतिनै दर्दनाक कथा रहेको यस म्युजिक भिडियोमा गायीका स्वयम सम्झना राईको सफल अभिनय रहेकोछ भने,

छायाँकनः डम्बर राई, श्रृङगारः मिना लिम्बु,रङ संयोजनः प्रविन श्रेष्ठ
सम्पादनः प्रेम शर्मा पौडेल र परिकल्पना/निर्देशन दर्पण राईको रहेकोछ ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!