कमिशनमा कुरा नमिले पछि खानेपानी संस्थानकोे जार पानी बेच्ने योजना अलपत्र

- May 26, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कमिशनमा कुरा नमिलेपछि खानेपानी संस्थानले जारको पानी बेच्ने योजना अलपत्र परेको छ । नेपाल खानेपानी संस्थानले गत फागुनमै २० लिटरका खानेपानी जार दुई हप्ताभित्र बजारमा ल्याउने भने पनि दुई महिना बितिसक्दा समेत ल्याउन सकेको छैन । संस्थानले काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन तथा प्रशोधन गरेर बनेपा तथा काठमाडौँ उपत्यकामा खानेपानी बितरण गर्ने योजना बनाएको थियो । संस्थानको बोर्ड बैठकले नै निर्णय गरेर ५२ रुपैयाँ प्रति जार मिनरल वाटर बेच्ने योजना बनाएको भएपनि हालसम्म वितरण सुरु भएको छैन ।

संस्थानका कामु महाप्रबन्धक डा. भुपेन्द्रप्रसादले केही प्राविधिक जटिलताले समयमा जार ल्याउन नसकेको बताएपनि कमिशन कति लिने दिने भन्ने विषयमा कुरा नमिलेपछि सो योजना अलपत्र परेको स्रोतको भनाई रहेको छ । बोर्डको बैठकले मुल्य अभिबृद्धि कर (भ्याट) सहित ५२ रुपैयाँमा प्रति जार पानी बेच्ने निर्णय गरेता  पनि कर कार्यालयको नियम प्रतिकुल बनेकाले प्रशोधन तथा गुणस्तर मापदण्ड लगायतका सम्पूर्ण तयारी पुरा हुँदा समेत जार बजारमा आउन सकेको छैन ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १ गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई दिएको छ। संस्थानले भने हाल उपत्यका बाहिरका २४ जिल्लामा रहेका शाखा मार्फत पानी वितरण  तथा व्यवस्थापन गर्दै आएको छ । सो अधिकार पाएसंगै पानीमा समेत कमिशनकै खेलमा र कमिशन पाउने स्थानमा मात्र पानीको ढुवानी गरिदै आएको आरोप समेत उपभोक्ताहरुले लगाएका छन् । यस सम्बन्धमा पटकपटक सो संस्थानमा सम्र्पक गर्दा टेलिफोन उठेन । सो बारे थप खोजी तीब्रखबरले जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!