विषालु च्याउ खाँदा नौ बिरामी

- May 26, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दमक । विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।च्याउखाँदा सोही ठाउँकी २८ वर्षीया उमा घतानी, ११ वर्षीय इन्द्र घतानी र नौ वर्षीय चन्द्र घतानी तथा छोरी दुई वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ ।बिरामीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!