तिम्रो खुसी सम्पादनमा

- May 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पारिवारिक विवाद, झमेला, दुःख, सुख, माया प्रेम र विछोडका विविध पक्षहरुलाई समेटर छायाँकन गरिएको नेपाली कथानक चलचित्र तिम्रो खुसीको यतिबेला सम्पादन कार्य भैरहेको निर्माणपपक्षले जनाएको छ ।

लाललिगुराँस म्यूजिक एण्ड मूभिको व्यानरमा निर्माण गरिएको चलचित्र तिम्रो खुसीमा सुरेन पराजुली, साम्देन लामा गणेश मनाल, राजु घिमिरेलगायतका कलाकारहरुले अभिनय गरेका छन् भने कथा तथा निर्देशन कुमार जिरेलको रहेको छ ।

तीन वटा गीतहरु समेत समावेश गरिएको तिम्रो खुसीमा राजु लामाले द्धन्द निर्देशने गरेका छन् भन छायाँकन राउल राई र विनोद सापकोटाको रहेको निर्माता सुरेन पराजीलीले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!