किसानको पहलमा बाख्राको स्रोतकेन्द्र

- May 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नुवाकोट । तार्केश्वर गाउँपालिकाको तारुका र बुधसिंहका किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना गरिएको छ ।जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा तार्केश्वर बाख्रापालक समिति निर्माण गरी स्रोतकेन्द्र सञ्चालनमा आएको हो । समितिमा आबद्ध ५० किसानले एक हजारभन्दा बढी बाख्रापालन गरेर त्यसलाई स्रोतकेन्द्रको रुपमा सञ्चालन गरेका हुन् ।

पशुसेवा कार्यालयले घाँसको बीउ, डिपिङ ट्याङ्की, तराजु, तीस वटा ब्याडको बोका सहयोग गरेको कार्यालय प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिनुभयो । स्रोतकेन्द्रको स्थापनाले किसानको आयस्तरमा वृद्धि र व्यावसायिक बाख्रापालनले निरन्तरता पाउने उहाँको भनाइ छ ।

किसानले खरी, जमुनापारी र बोयरक्रस जातका ब्राखा पालेका तार्केश्वर ब्राखापालन समितिका अध्यक्ष मणिराज ढुङ्गानाले बताउनुभयो । स्रोतकेन्द्र स्थापना गर्न पशुसेवा कार्यालयले रु १५ लाख सहयोग गरेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!