सान्जेनको सेयर निस्कासन गर्न कोष र सह–निस्कासन कम्पनी वीच सम्झौता

- May 18, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको शेयर बिक्री गर्न नागरिक लगानी कोष र सह–निष्कासशन तथा बिक्री प्रबन्धक कम्पनी वीच सम्झौता भएको छ । बिहीबार कोष र सह–निस्कासन कम्पनीहरु एन.सी.एम मर्चेन्ट बैकिङ लिमिटेड , सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल वीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सह निस्कासन कम्पनीको तर्फबाट एनसिएम मर्चेन्टका प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ, सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्ट, प्रभु क्यापिटलको तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालिकोटा, एनएमवि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ग्लोवल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन ।
सान्जेनले पहिलो चरणको शेयर निस्कासनको लािग छुट्टयाइएको समुह ग बमोजिमको क्रण दाता संस्थाका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, समुह घ अन्तरगतका कर्मचारी संचय कोषकमा रकम जम्मा गरेका संचय कर्ता कर्मचारीको लागि ८७ लाख ६० हजार कित्ता सेयरको लागि सह–निस्कासन कम्पनी वीच सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!