कर छलीमा टेलिसेलको यस्तो कर्तुत

- May 18, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । व्यापारीको उद्देश्य नै पैसा कमाउनु हो, यो धुव्रसत्य पनि छ, तथापि पैसा कमाउने धुनमा व्यापारीहरु यतिसम्मको हर्कत गर्छन की उनीहरुको लागि पैसा भन्दा महत्व अरु केही छैन्, हो यहि कारण राज्य गरिब बन्दै गएको छन् भने व्यापारीहरु धनी बन्दै गएका छन्, गरिब झन गरिब बन्दै गएको अवस्था छ ।

पछिल्लो समय ओप्पो ब्राण्डका मोवाइल प्रचार प्रसारको भरमा जति बजार जमाएको छ, सोही अनुपातमा भन्सार छली तस्करीदेखि भन्सार मुल्यांकनमा सस्तो मोवाइलको प्रज्ञापन पत्र बनाई महंगो मोवाइल सेटहरु आयात गरेको खुलासा भएको छ । एक भन्सार कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तीव्रखबरलाई प्रज्ञापन पत्रको प्रतिलिपी उपलब्धै गराउँदै भने – ‘यो प्रज्ञापन पत्रमा उल्लेख भएको व्यहोराको मोवाइस सेट नेपाल भित्र्याइएका सेटहरुमा मुल्यांकनका आधारमा भन्सार छली भएका छन् । यो गिरोहले ठूलो मात्रमा भन्सार छली तस्करी गर्दै आएको छ ।’

पछिल्लो समयमा बजारमा ल्याएको ओप्पो ब्राण्डका नेपालका विक्रेता टेलिसेल प्रा।लि।ले मोवाइल भित्र्याउँदा कर छलीदेखि आम्दानी कर तथा भ्याट छलीमा सक्रिय रहेको विषयमा टेलिसेल प्रा।लि।का प्रवन्ध निर्देशक सुनिल कुमारसंग प्रतिकृयाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!