सुरक्षा परिषद्द्वारा निन्दा

- May 16, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

संयुक्त राष्ट्र संघ । केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।

लामो समयदेखि राजनीतिक रुपमा अस्थिर रहेको र हिंसाग्रस्त केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय समूहः मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक ९मिनुस्का० का कार्यकर्तामाथि लक्ष गरी बाङ्गास्सु (बोमोउ) मा गत शनिबार र आइतबार त्यहाँका सशस्त्र बिद्रोही समूहः एन्टि बलाकाले अन्धाधुन्द हिंसात्मक आक्रमण गरेका थिए ।

सो आक्रमणबाट मिनुस्कामा कार्यरत मोरक्कोका एकजना कार्यकर्ता ठहरै हुनुका साथै अर्का मोरक्काली कार्यकर्ता नराम्ररी घाइते हुनुका साथै केही स्थानीय बासिन्दाहरुको मृत्यु भएको र भएका र धेरै सङ्ख्याका मानिसहरुका बस्ती नै उजाडिई बिस्थापित हुन पुगेका थिए ।

राजनीतिक स्थायित्व, शान्ति र स्थिरता कायम गराउने उद्देश्यले खटिएका राष्ट्र संघीय शान्तिदूत तथा सर्वसाधारण निर्दोष जनतामथि माथि यस प्रकारको ज्यानै जाने सम्मको आक्रमण हुनु अत्यन्त जघन्य अपराध भएको राष्ट्र संघीय सुरक्षा परिषदले उल्लेख गरेको छ ।

साथै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि उक्त घटनाको गहिरो भत्र्सना गर्दै, सबै अपराधीहरुको खोजी गरी न्यायको कठघरामा उभ्याउन केन्द्रिय अफ्रिकी गणतन्त्रको सरकारसँग अनुरोध समेत गर्नु भएको छ ।रासस /सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!