पूर्वका सम्राटले गरे बाहुनमाथी तिखो प्रहार (भिडियोसहित)

- May 16, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पूर्वको सम्राट भनेर चिनिँदै आएका पूर्वाञ्चालका चर्चित गायक श्रीकृष्ण लुईटेलले व्राम्हणमाथि तिखो प्रहार गर्दै व्राम्हणहरुले आप्mनो संस्कृति छोडोकोमा व्यंग्य गर्दै नयाँ गीत निकालेका छन् ।

ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दियालगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको ल्वाङ पिरो बोलको गीत सार्वजनिक भएको हो ।

गीतको माध्यमबाट उनले बाहुनहरुले आफ्नो संस्कृति बिर्सदै गएको कुरालाई व्यंग्य गरेका छन् ।

नयाँ पुस्ताले भाषा, संस्कृति, मुल्य र मान्यता बिर्सदै गएको प्रति कटाक्ष गर्दै उनले व्यंग्यात्मक गीत सार्वजनिक गरेका हुन् । श्रीकृष्ण आफैँ पनि व्राम्हणको छोरा हुन् भने उत्तिकै धार्मीक पनि छन् ।

उनको गीतमा हाँस्यरस सँगै चेतनामुलक कुराहरु पनि समेटिएका हुन्छन् । राजधानी बाहिर बसेर पनि चर्चा र लोकप्रिय बन्न सकिन्छ भन्ने उदाहरण बनेका बोके दाह्रीको यस गीतमा डम्बर लिम्बुको संगीत छ । गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । यो गीत पछिल्लो समय निकै चर्चामा छ ।

हेर्नुहोस् भिडियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!