यस्ता छन् भ्रष्ट साहका कर्तुत

- May 15, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गुणस्तर तथा नापतौल विभागको महानिर्देशक रहँदा विवादमा परेका प्राविधिक सहसचिव रामआधार साहलाई मन्त्रीद्वय केशवकुमार बुढाथोकी र प्रेमबहादुर सिंहले प्रशासनमा लगी सचिव बनाउन ज्यान फालेर लागेको बताइएको छ ।

सोही विषयलाई लिएर गत बैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठक तनावपूर्ण बनेको र प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपरेको समाचार स्रोतले बताएको छ । सहसचिव साहका सेवा परिवर्तन सम्बन्धी प्रस्ताव लोकसेवा आयोगमा पठाइएको छ ।

खान र खुवाउन सिपालु मानिने सहसचिव (प्राविधिक) साहले भारतबाट प्राविधिकहरु ल्याई पेट्रोल पम्पबाट तेल हाल्ने मेसिन बिगार्न लगाई चलखेल गरी पम्पवालाहरुबाट कमिशन खाने गरेको रहस्य पत्ता लागेपछि सरुवा भएको थियो ।

भ्रष्टचारी एवं नैतिकहीन सह सचिवका भनी कुख्याती कमाएका साहको पछाडि लाग्दा मन्त्रीद्वय बुढाथोकी र सिंहको समेत चरित्रमा दाग लागेको जानकारहरुले बताएका छन्, खबर नयाँ विमर्शमा छ ।

पैसाको लागि जस्तोसुकै घृणित काम पनि गर्न पछि नपर्ने साह जस्ता सहसचिवलाई बढुवा गर्न नहुने प्रशासन क्षेत्रमा चर्चा चलेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!