प्रचण्डपुत्रीलार्ई मेयर बनाउन चितवनमा चलखेल, मत बक्स नै बढि भएको भन्दै नाराबाजी

- May 15, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन । भरतपुर महानगरपालिकामा अझै मत गणना हुन सकेको छैन् । भरतपुर महानगरको मतगणना नहुनुको भित्रि रहस्य यस्तो १

भरतपुर महानगरपालिकामा तत्काल मतगणनाको माग गर्दै मतपेटिका राखिएको स्थान बाहिर जम्मा भएका दलका कार्यकर्ताहरुले नारावाजी शुरु गरेका छन् ।

भरतपुर महानगरपालिकामा धेरै मतदाताले मेयरको पदमा कांग्रेसलाई पनि मत दिएको आशंकामा माओवादी केन्द्रले ती मत आफ्नोमा गन्नुपर्ने माग गरेपछि  विवाद चर्किएको छ ।

त्यस्ता मत बदर हुने भनिए पछि उत्पनन तनाव साम्य पार्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी उतारिएको छ ।

सर्वदलिय बैठकमा माओवादी केन्द्रले मेयरको पदमा कांग्रेसलाई पनि दिएको मत आफ्नो हुने बताएपछि विवाद चर्किएको हो, पत्रकार नवराज ढकालले बताए ।  यो बाहेक मत बक्सानै बढि भएको आसंकामा पनि दलहरु बिच अन्योल बढेको छ ,उनले भने ।

सर्वदलीय बैठकमा माओवादी केन्द्रका प्रतिनिधिले नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैको निर्वाचन चिन्हमा परेको मत सदर हुनुपर्ने माग राखेकोले मतगणनामा ढिलो भएको हो ।

अब केहीबेरमा मतगणना सुरु हुने बताइए पनि  बाहिर नाराबाजी चर्किएको छ ।

भरतपुरमा नेपाली कांग्रेस र माओवादीको तालमेल भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई कांग्रेसले मेयरमा समर्थन गरेको थियो।

सर्वदलीय बैठकमा माओवादी केन्द्रका प्रतिनिधिले कांग्रेस र माओवादी केन्द्र दुवैको निर्वाचन चिन्हमा परेको मत सदर हुनुपर्ने माग राखेकोले मतगणनामा ढिलो भएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले बताए।

अब केहीबेरमा मतगणना सुरु हुने बताइएको छ।  माओवादी केन्द्रको प्रस्ताव अन्य सबै दलले अस्वीकार गरेपछि त्यस्ता मतलाई बदर गरिने निर्णय भएको पनि पोखरेलले बताए।

भने माओवादीले कांग्रेसका उपमेयरलाई समर्थन गरेको थियो। यो तालमेल कतिपय कांग्रेसजनले रुचाएका थिएनन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!