नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द

- May 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नवलपरासी । स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नवलपरासीमा पनि नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने भएको छ ।निर्वाचन सुरु हुन भन्दा २४ घन्टाअघि यहाँकोे त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो ।दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी रानाकाअनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने २४ घन्टा नाका बन्द गर्ने सहमति भएको हो ।पहिलो चरणमा नवलपरासीको प्रदेश नं– ४ मात्र निर्वाचन हुदँैछ । तसर्थ प्रदेश न– ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र शिल गर्ने तयारी गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!