व्यवसायीको ठगीधन्धा: विभाग महानिर्देशककै सहयोगमा लाखौ असुली/प्रति कामदार ५ हजारका दरले कमिशन निर्धारण

- May 9, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-रोशन कार्की
काठमाडौं  । अस्थिर सरकारको मौका छोप्दै विभिन्न म्यानपाबर कम्पनीद्वारा विभिन्न डरधाक देखाउदै बेरोजगार युवा÷युबतीलाई विदेश पठाईदिने भन्दै लाखौ रुपैयाँ खुला रुपमा ठगी गरिदा समेत सरकारको ध्यान जान सकेको छैन् । विभिन्न दल विशेषलाई रकमको थैलि बुझाएर नेपाल बैदेशिक रोजगार विभागको महानिर्देशक बनेका उच्च पदस्थ कर्मचारीकै सल्लाहामा म्यानपाबर व्यवसायीहरुले नयाँ योजना अनुरुप ठगीधन्धा चलाएको समेत खुल्न आएको छ ।
देशमा रोजगार नपाएपछि बाध्यभएर विदेशी भुमीमा परिश्रम गर्न जाने युवा÷युबतीलाई विभिन्न लोभ देखाउदै मंहगोमा विदेश पठाउदै आएका व्यवसायीहरुले मन्त्रालय देखि विभागका कर्मचारीलाई समेत कमिशन नै छुट्टाउने गरेको समेत खुलेको छ ।
सरकारले गत वर्षको जेठ २९ गतेको निर्णय अनुसार २१ साउनदेखि लागु भएको ‘फ्रि भिसा, ‘फ्रि टिकट’ को निर्णयसँगै व्यवसायीहरुले दिने रसिदमा १० हजार रुपैयाँको कटाउने र कामदारसंग ५ लाख रुपैयाँ सम्म असुली गरेका छन् । तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले लागु भएको यो निर्णयका कारण म्यानपावर व्यवसायीलाई गरिब सोझा कामदार ठग्न निकै सजिलो बनाई दिएको समेत आरोप लागेको छ ।
सरकारले तत्कालीन अवस्थामा लागु गरेको निर्णयअनुसार फ्रि भिसा, फ्रि टिकटमा कामदारसँग सेवाशुल्क स्वरुप १० हजार रुपैयाँ मात्र लिने पाउने व्यवस्था छ । कम्पनीले सेवाशुल्क नदिएको खण्डमा भिसा प्रोशेस शुल्कभन्दै लाखौ रुपैयाँ संकलन गदै आएका छन् । लामो समयदेखि कामदारसँग अकुत पैसा उठाउँदै आएका व्यवसायीले १० हजार रुपैयाँ मात्र उठाएपछि कामदारसँग पैसा दिन बहाना खोजिरहेका व्यवसायीले भिडियो खिचेर ठग्ने गरेको पीडित कामदारको दुखेसो रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय विभागमा ठगीका उजुरी निकै नै आउने गरेका छन त्यसमा भिडियो कैद गरेर ठगेको पनि उजुरी आएको छ । कारबाही गर्न, प्रमाण नभएको भन्दै उजुरी परेको म्यानपावर कम्पनीसंग मोटो रकम लिई सो उजुरीमाथी अहिले सम्म कुनै कारवाही अगाडि बढाएको छैन ।
मलेसिया पुगेका सय जना भन्दा धेरै कामदारले डेढ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएको जनाएका छन् । उनीहरुले काठमाडौंको बालकुमारीमा रहेको इन्टरनेसनल म्यानपावरबाट मलेसिया गएको बताएका छन् । उनीहरुसंग १० हजारको रसिद दिएर १ लाख ५० हजार रुपैयाँ असुली गरेको जनाएका छन् । मलेसियाको सेलांगर स्थित बान्डार पुन्चालम भन्ने ठाउँमा रहेको सिम्प्ले प्याकेजिङ नामको प्लाष्टिक कम्पनीमा काम गर्न आएका कामदारले आफूहरुलाई १० हजारको नगदी रसिद दिएर १ लाख ५० हजार रुपैयाँ पैसा लिएको गुनासो गरेका छन् ।
पत्रपत्रिकामा फ्रि भिसा र फ्रि टिकटको  विज्ञापन गरेर कामदारलाई आकर्षीत गर्ने गरेका छन् । कम्पनीमा पुगेकासंग १ लाख रुपैयाँभन्दा बढी माग्ने र मागेजति पैसा नदिए प्रक्रिया सुरु भइसकेको भन्दै म्यानपावरले पासपोर्ट फिर्ता नगर्ने गर्ने परेमा ५० हजार रुपैयाँ बुझाउनु अनी राहदानी लैजान दबाब दिने गरेका छन् ।
उता मलेसियाको कम्पनीले भने कुनै शीर्षकमा पैसा नदिएको भन्दै म्यानपावरले कामदारबाट पैसा असुलेको आरोप लगाएको छ । मलेसियाको कम्पनीले एक जना कामदार बराबर २५ सय रिंगिट म्यानपावरलाई बुझाएको जनाएको छ । नेपालका म्यानपावर व्यवसायीले भने विदेशमा रहेको कम्पनीलाई रकम बुझाउनु पर्ने भएको भन्दै सो रकम लिनु परेको नाम नबताउने सर्तमा एक व्यवसायीले जनाए ।
यसरी विभागका महानिर्देशक विश्वराज पाण्डेलाई सो बारे बुझ्न पटक पटक फोन गर्दा समेत उनले फोन उठाएनन् । महानिर्देशक पाण्डेले प्रति कामदार ५ हजार रुपैयाँका दरले कमिशन लिने गरि म्यानपावर व्यवसायीसंग सम्झौता समेत गरेको विभागकै एक कर्मचारीले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!