प्रहरीबाट जोगिन यौनकर्मीहरुको यस्तो छ नयाँ फर्मुला

- May 8, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मोरङ । पथरी शनिस्चरे क्षेत्रमा दिनदहाडै अवैध यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि होटलहरूमा प्रहरीले कडाइ गरेपनि होटल सञ्चालकहरूले नयाँ रणनीति अपनाउदै धन्दा चलाउन थालेका छन ।

साता ब्यापी होटलहरूमा छापा मार्ने क्रम नरोकिएपछि पछिल्लो समय होटल सञ्चालकहरूले योनकर्मी महिलाहरूलार्इ फोन सेटिङ गरी अवैध यौनधन्दा गराउने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय पथरीले आफ्नो क्षेत्रका होटलहरूमा सादा पोशाकका प्रहरीहरू परिचालन गरी पथरी बजारस्थित खोटांगे होटलकि सञ्चालिका सहित ५ जना यौनकर्मि महिलाहरूलार्इ पक्राउ गरी कानुनी कार्वाही अघि बढाएको छ ।

आफ्नो क्षेत्रमा हुनेगरेका अवैध यौनधन्दा तथा वेश्यावृतिलाई रोकथाम तथा नियंत्रण गर्न प्रहरीले थालेका बिशेष अपरेसन अन्तरगत गत बैशाख २२ गते पथरीबजार स्थित खोटांगे होटलमा छापा मार्ने क्रममा होटल सञ्चालिका३४ बर्षिया सुनिता राइ सहित ५ जना यौनकर्मि महिलाहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका यौनकर्मी महिलाहरूका अनुसार होटल सञ्चालिकाले फोन गरेर बोलार्इ ग्राहकको कोठा सम्म पूर्याइदिने गरेको प्रहरीकहा बयान दिएका छन । उनिहरू करिब २ बर्षदेखी यौन पेसामा आवद्ध रहेको पनि प्रहरीले बताएको छ ।

पथरी बजारका होटलहरूमा प्रहरीले नियमित चेकजाच गर्न थालेपछि हदै मात्रामा निर्मुल हुदै गएको यौन धन्दा पछिल्लो समय केही होटल सञ्चालकहरूको फटाइका कारण प्रहरीको अभियानले सफलता पाउन नसकेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख राजन कार्कीले बताए । यता प्रहरी नियन्त्रणमा रहेका यौनकर्मी महिलाहरू समेत फोनमा होटल सञ्चालकहरूले बोलाएको आधारमा आउने गरेको प्रहरीलार्इ बताएका छन । होटल सञ्चालक एवम सञ्चालिकाले मोवाइलमा सम्पर्क गरी बोलाउने र ग्राहकहरूको कोठा सम्मै पुर्याइदिने गरेको पक्राउ परेका यौनकर्मी महिलाहरूले बताएका छन ।

बैशाख २२ गते पनि ग्राहकहरूको कोठामा लैजाने तयारी गर्दै गरेको प्रहरीले सुराकी पाएपछि होटल सञ्चालिका सहित ५ यौनकर्मी महिलाहरूलार्इ प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ परेका होटल सञ्चालिका रार्इ र चार यौनकर्मीहरूबिरूद्ध आवस्यक कार्वाहि प्रकृया अघि बढाइउको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!