शंकटा क्लव : अनियमितताको दलदलमा, चन्दा आतंकदेखि अवैध अशुलीसम्म

- May 3, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । खेलकुद क्षेत्रका कृयाशिल क्लवहरुको सुचिमा शंकटा स्पोर्टस् क्लवपनि अग्रपंक्तिमा पर्दै आएको छ, तर जति खेलकुद विकासमा शंकटा कृयाशिल छ, सोही अनुरुम अनियमितताको दलदलमा फसेको फेला परेको छ ।

क्लवका अधिकांश पदाधिकारीहरु एकै घरका रहेको भेटिएको छ, पारिवारिक व्यावसायीक प्रतिष्ठान जस्तै बनेको शंकटा क्लवमा अध्यक्षका दाजु , भाईहरु विभिन्न पदमा रहेको पाइएको छ । एकाघरका अधिकांश सदस्य नै उक्त क्लवका पदाधिकारी रहेको खुलेको छ ।

पसल कवलका भाडा, सरकारी सहयोग, पार्किङबाट संकलन गरिएको रकम र विभिन्न व्यवसायिक फर्महरुबाट संकलन गरिएको चन्दा लगायत मासिक लाखौं रुपैयाँ संकलन हुने उक्त क्लव कुनै एकै घरका पदारिकारीहरुको बाहुल्यतामा संचालन हुन्छ भन्दा जो कोही आश्चर्यमा पर्न सक्छन् हो यस्तै भएको छ शंकटा कल्व ।

इश्वरमान, इन्द्रमान, रमेशमान, चन्द्रमान तुलाधर एकै परिवारका सदस्य हुन उनीहरु सबै शंकटाका पदाधिकारीहरु छन् । सबै मिलेर नै क्लव चलाउँछन् र तेहीबाट मोटो रकम अशुली गर्दै अनियमिततामा संलग्न छन् ।

क्लवको लागि भन्दै अवैध चन्दा अशुलीमा कहिले को जनसेवा प्रहरीले पक्राउ गरेको छ, कहिले चन्दा आतंक भो भनेर न्यूरोड क्षेत्रमा व्यवसायीहरुको गुनासो पनि बढ्दै गएको क्लवका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा तीव्रखबरलाई बताएका छन् । क्लवको नाममा उपलब्ध भएको रकममा होली खेल्दै आएका पदाधिकारीहरु महंगो, महंगो होटलमा खर्च गर्नेदेखि नेपालकै विभिन्न जिल्लामा जाँदा फ्लाइटमा जाँदै महंगो बिल भरपाई बनाउन पदाधिकारी सक्रिय रहेको फेला परेको छ । यसै विषयमा क्लवका अध्यिक्ष इन्द्रमान तुलाधरलाई प्रतिकृयाको लागि सम्पर्क गर्दा उनी भन्छन् एकाघरका परिवारका सदस्यपनि पदाधिकारी त छन् तर सरकारको कुने सहयोग नहुँदापनि हामीले खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको विषयलाई पनि मुल्यांकन गर्नुस् । शंकटा क्लवमा भएको अनियमितताको थप खोजी तीव्रखबरलो जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!