एनआरएनलाई लक्षित गरि एमई ग्रुपको स्थापना

- April 29, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । गैरआवासीय नेपालीहरुको सक्रियतामा उद्योग व्यवसाय नेपालमै स्थापना गर्नुका साथै विभन्न देशमा रहेका नेपालीहरुले स्वदेशी वस्तुको प्रयोग र व्यापारलाई प्रोत्साहन गराउन भन्दै एमई ग्रुपको स्थापना भएको छ ।

एक कार्यक्रमकाबीच होटेल डेल अन्नपुर्णमा कम्पनीको उद्घाटन उपरास्ट्रपति नन्द किशोर पुनले गरेका छन् ।

नेपालमा बिकाशका थुप्रै स्रोतसाधन तथा रोजगारीका असंख्य अवसर हुँदा हुदै बिदेसिन बाध्य भएका नेपालीहरुको बीचमा नेपालमै रोजगार सिर्जना गर्ने र नेपालकै बिकाशमा योगदान पुयाउने उदेश्यले उक्त कम्पनी स्थापना भएको कम्पनीले जनाएको छ ।

नेपालमै केन्द्रिय कार्यालय राखी  विश्वका  अन्य मुलुकमा नेपाली उत्पादनको निर्यात बढाउने, पर्यटनको बिकाश तथा प्रबर्धनमा टेवा पुर्याउने, शिक्षा, कृषि, पर्यटन, जस्ता महत्वपूर्णक्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना भएको उक्त कम्पनीले मुलुकको माटो र जनताको भलाइ, रोजगारी, बिकाश, तथा  समग्र राष्ट्रको अर्थतन्त्रमा योगदान गर्नेछ र आज तिन प्रकार का कार्यालय तथा व्यवसायहरुको एक मुस्ट रुपमा उद्घाटन भएकोमा कम्पनीका बजार व्यवस्थापक जगदीश अधिकारीले उद्घाटन् कार्यक्रममा बोल्दै खुसी व्यक्त गरे ।

उक्त कम्पनीको उद्घाटन् समारोहका वक्ताहरुले आआफ्नो धारणा राख्ने क्रममा देश प्रेमको भावाना राखी देशको आर्थिक समुन्नतिको लागि समर्पित हुने र इमान्दारिताका साथ राष्ट्रको चौतर्फी बिकाशमा योगदान पुर्याउन कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी रहेको बताए ।

उद्घाटन समारोहमा निर्देसक कमलराज अधिकारी, महानायेक राजेश हमाल, गायक, रंगकर्मी, सिनेकर्मी, पत्रकार, बौदिकवर्ग र अन्य बैदेशिक दुत तथा कुटनीतिज्ञहरुको बाक्लो उपस्तती थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!