कुश्मा नगरको मेयरमा गिरी र रिजालको उम्मेदबारी

- April 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आसन्न स्थानीय निर्वाचनका लागि विभिन्न दलहरुले उम्मेदबारी तोक्ने कार्य अहिले तीब्रताका साथ अघि बढेको छ । राजधानीमा निर्वाचनको खासै चर्चा नभएपनि स्थानीय निकायमा भने निर्वाचनले धपक्कै छोपोको छ । यसैक्रममा माओवादी केन्द्रले कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उम्मेदवारहरुको टुङगो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठक बसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय गरेको सो दलले जनाएको छ ।
बिद्यार्थी राजनितीबाटै सकृय गिरी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका छन् ।
ब्यावस्थापनमा स्नातक र राजनितिशास्त्रमा स्नातकोत्तर अध्ययनरत गिरी कुश्मा नगरेको मेयरमा उेद्बार हुने कुराले कांग्रेस एमालेमा समेत खैलाबैला पैदा भएको छ । कुश्मा बजारका स्थानियबासी समेत रहेका गिरीले जनताको काम सरलताका साथ गर्न सक्ने तथा बिकासको एजेण्डालाई जनतामा लैजान सक्ने क्षेमता भएको उनको दाबी रहेको छ ।
उपमेयरमा सिफारिस भएकी माओवादी नेतृ तारादेबि रिजाल शर्माले बिकासको काम गर्न तथा लामो समय देखि उपेक्षित हुँदै आएका महिलाको अधिकार सुनिश्चितको लागि आफ्नो बिकल्प नभएको दाबी गरेकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!