पाथीभरा खबर साप्ताहिक प्रकाशन

- April 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ताप्लेजुङ । समाज परिवर्तन र विकासका लागि टेवा पु¥याउने उद्देश्यले ताप्लेजुङका पत्रकारले पाथीभरा खबर साप्ताहिक पत्रिका प्रकाशनमा ल्याएका छन् ।हरेक समुदायलाई आफ्ना हकअधिकारलगायतका बारेमा सुसूचित गराउँदै ग्रामीण क्षेत्रको विकासका लागि आवश्यक गतिविधि समेटेर पत्रिका प्रकाशनमा ल्याइएको सम्पादक मण्डलले बताएको छ ।
प्रत्येक साताको सोमबार प्रकाशन हुने उक्त पत्रिका ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, इलाम र झापासम्मका पाठकवर्गसम्म पु¥याउने योजना रहेको कार्यकारी सम्पादक सीताराम गुरागाईंले बताउनुभयो । उहाँका अनुसार अनलाइन खबर सेवासमेत सञ्चालनमा ल्याउने तयारी भएको छ ।

पछिल्लो समय ताप्लेजुङमा विद्युत्को केन्द्रीय प्रसारण लाइन जडान भएसँगै स्थानीय सञ्चारमाध्यम ९एफएम० रेडियो नियमित सञ्चालन गर्न सहज भएको छ भने दैनिक र साप्ताहिक पत्रपत्रिका पनि प्रकाशनमा आउन थालेका छन् ।यसअघि विद्युत् अभावकै कारण सञ्चारमाध्यम नियमित सञ्चालनमा कठिनाइ थियो । हाल ताप्लेजुङमा तीनवटा एफएम रेडियो प्रसारणमा रहेका छन् भने दैनिक एक र केही साप्ताहिक पत्रपत्रिका प्रकाशनमा रहेका छन् । सञ्चार क्षेत्रकोे विकास र विस्तारसँगै समाज परिवर्तन र राष्ट्र विकासमा सहयोग पुग्ने सरोकारवालाको विश्वास छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!