जिप दुर्घटनामा एकको मृत्यु

- April 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सल्लेरी सोलुखुम्बु । दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु ल्याइँदैछ । दूधकौसिका गाउँपालिका–८ दिप्लीघाटबाट कटारीका लागि छुटेको बा१२च ३६४७ नंको बोलेरो उकालोमा ब्रेकफेल हुँदा दुर्घटना भएको घटनास्थलबाट ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो । जिप सडकदेखि करिब ७० मिटर तल खसेको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!