कृषि सम्बन्धी मोबाइल एप्स्को प्रभावबारे तथ्याङ्क सङ्कलन

- April 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काभ्रे । किसनलाई उपलव्ध गराइएको मोबाइल सहित कृषिसम्बन्धी एप्स्को उपयोगिताबारे तथ्याङ्क सङ्कलन गरिने भएको छ ।काभ्रेका किसानमा कृषि र पशुपालनप्रतिको लगाव देखेर तीन वर्षदेखिको प्रयासले सकारात्मक रुप लिन थालेकाले सो तथ्याङ्क लिन लागिएको विश्व बैङ्कका पुनम पिल्लाईले बताउनुभयो ।“यहाँको सफलतापछि हामी अन्य क्षेत्रमा पनि मोबाइल फोन उपलब्ध गराउने छौँं,” पिल्लाईले भन्नुभयो, “मोबाइल एप्स्को प्रयोगले काभ्रे जिल्लाको कृषिको विकासमा थप टेवा दिने अपेक्षा राखेका छौं ।” विश्व बैंकले मोवाइल एप्स्मार्फत किसानलाई कृषि सम्बन्धी विभिन्न सहयोग गर्र्दै आएको उहाँले जानकारी गराउनुभयो ।कार्यक्रममा अठ्ठाइकिलो गाईपालन समूहका संयोजक राममणि अधिकारीले मोबाइलमार्फत आवश्यक जानकारी लिन र मौसमको फेरबदलबाट बालीनालीलाई पर्ने असर न्यूनीकरण गर्नेलगायतका जानकारी पाइने बताउनुभयो । यो प्रविधि नयाँ भएकाले यसको प्रयोग गर्न अझै प्रशिक्षणकै क्रममा आफूहरु रहेको उहाँले जानकारी दिनुभयो ।

संयोजक अधिकारीले उक्त प्रविधिमार्फत र पशु र तरकारीमा लाग्ने किराबाट बच्न कस्ता संयन्त्र अपनाउन सकिन्छ भन्ने जानकारी मोबाइलबाटै पाइने भएकाले सम्बद्ध किसान उत्साहित भएको उल्लेख गर्नुभयो ।धेरै समयपछिको प्रयासबाट मोवाइलको एप्स् प्रयोग सम्भव भएको छ भन्दै मोबाइल फोन वितरणका संयोजक जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक श्याम नारायण महतोले प्रभावकारी रुपमा यस एप्स्को प्रयोग गर्न र पाएका जानकारी अरुलाई पनि उपलब्ध गराउन आग्रह गर्नुभयो ।जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा विश्व बैंकले केही समयअघि ४३ वटा समूहमा रहेका विकसानलाई मोबाइल फोन वितरण गरेको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!