पत्रकार महासंघ काठमाडौं शाखाबाट प्रेस युनियनलाई झड्का:चौतारीका विडारी अध्यक्षमा विजयी

- April 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल पत्रकार  महासंघ काठमाडौं शाखाको १० औं वार्षिक साधारण सभाबाट नेपाली काँग्रेसको भातृसंगठन नेपाल प्रेस युनियनलाई ठूलो झड्का लाग्न पुगेको छ । सो सभाबाट एमालेको भातृसंगठन प्रेस चौतारी नेपालका शान्तराज विडारी अध्यक्ष पदमा निर्वाचीत भएपछि युनियनलाई ठूलो झड्का लाग्न पुगेको हो ।
अध्यक्षमा  विडारीले ४ सय २९ मत ल्याएर विजय भए भने उनका प्रतिद्वन्द्धी प्रेस सेन्टर नेपालका रामकृण्ण अधिकारीले ४ सय १५ मत ल्याएका थिए । त्यसै गरि उपाध्यक्षमा सुर्य सुवेदीले ४ सय १७ मत ल्याएर विजयी भएका छन्, उनका प्रतिद्वन्द्धी चौतारी समुहबाटै उम्मेदबारी दिएका रामचन्द्र खड्काले ३ सय ६७ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा सीता पोखरेल विजयी भएकी छन् । उनले २ सय ९६ मत प्राप्त गरेकीछन् ।

कोषाध्यक्षमा रामचन्द्र बस्नेतले ३ सय ५ मत ल्याएर विजयी भएकाछन् । उनका प्रतिस्पर्धी कालिका महतले २ सय ८५ मत ल्याएका थिए । सहसचिवमा रामशरण माझीले ३ सय ८९ मत ल्याएर विजयी भएको छन् । समाबेशी सहसचिवमा अमिर लामा विजयी भएकाछन् । जनजाती सदस्यमा हेमबहादुर राना  विजयी भएका छन् ।
सचिवमा मोहन पन्त ४ सय २२ मतले विजयी भएका छन् । यसैगरि सदस्यमा पुष्कर बस्नेत ३ सय ४५, सुलोचना अर्याल ३ सय ५५,रामचन्द्र दुलाल,३ सय ५०, विष्णु गिरी निस्चल २ सय ९३ विजयी भएका छन् । महिला अम्विका घिमिरे ३ सय ९९ मत ल्याएर विजयी भएकीछन् । दलित सदस्यमा शर्मिला विक ४६० विजयी भएकी छन् ।  मधेसी कोटामा विनय कुमार महतो विजयी भएकाछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!