कार्गो प्रवन्ध शुल्कबृद्धिका बारे चेम्बरको ध्यानकर्षण

- April 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्यन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित एअर कार्गो बिल्डीडबाट आयात निर्यात गरिने माल सामानहरुको कार्गो प्रवन्ध शुल्क उठाउने सम्बन्धी नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीबाट जारी सूचना प्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालको निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासंग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्कवृद्धि गरेकोमा नेपाल चेम्वर अफ कमर्स गम्भीर चासो व्यक्त गरेको अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।
नेपालको निकासी पैठारी व्यापारमा निकासीमा उल्लेख्य प्रगति हुन नसेकोले ठूलो व्यापार घाटा सामना गर्नु परेको यथार्थता हामी सामु रहेको उनले जनाएका छ । निर्यात तथा आयातको अनुपात १स् १२ मा रहेको छ । प्रस्तुत शुल्कवृद्धिले दैनिक उपभोग्य सामानको मूल्यमा प्रभाबित हुने र निर्यात व्यापार घटी रहेको अवस्थामा शुल्कवृद्धिले निकासी हुने वस्तुमा लागत वृद्धि हुन गइ अन्तर्राष्ट्रिय वजारमा नेपाली मालवस्तुको प्रतिस्पद्र्धात्मक क्षमतामा हस हुने भइ ब्यापार घाटा अझ बढ्न जाने चेम्बरको भनाई रहेको छ । यस परिप्रेक्षमा उपरोक्त शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा दुरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाइ पनि गम्भिर असर पर्ने भएकोले उपरोक्त शुल्क वृद्धि सम्वन्धी निर्णय अबिलम्व फिर्ता लिन जोडदार माग गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!