एमाले कञ्चनपुरद्वारा उम्मेदवार सिफारिस

- April 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भीमदत्तनगर । लामो छलफलपछि नेकपा ९एमाले० कञ्चनपुरले यहाँका सात नगरपालिका र दुई गाउँपालिकाका लागि उम्मेदवारको नामावली प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।स्थानीय तहको निर्वाचनका लागि एमाले कञ्चनपुरले सबै नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारको नामावली प्रदेश नं ७ को कमिटीलाई पठाइसकेको एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले बताउनुभयो । “हामीले प्रत्येक नगरपालिकाबाट प्रमुखमा तीन र उपप्रमुखमा कम्तीमा एक जनाको नाउँ प्रदेश कमिटीमा पठाएका छौँ”, उपसचिव महराले रासससित भन्नुभयो–“उम्मेदवारको अन्तिम टुङ्गो प्रदेश कमिटीले लगाउनेछ, अहिले प्रदेश कमिटीको बैठक बसिरहेको छ ।”उहाँका अनुसार यहाँको जेठो भीमदत्त नगरपालिका प्रमुखका लागि ईश्वरी खरेल, सुरेन्द्र विष्ट र नन्दा धामी तथा उपप्रमुखका लागि अधिवक्ता पुनम चन्द, माया पन्त र लक्ष्मी विक सिफारिस भएका छन् ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका प्रमुख उम्मेदवारमा रणबहादुर महरा, विष्णुदत्त जोही र भगवती मल्ल तथा उपप्रमुखका लागि अनिता नेपाली, तुलसी हमाल र मोनिका भट्टको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । वेदकोट नगरपालिकामा लालबहादुर खड्का, अशोक चन्द, रामचन्द्र रेग्मी र ईश्वरी शर्मा प्रमुख र सुशीला सिंह, भानमती खडायत र दया केसी उपप्रमुखका लागि सिफारिस भएका छन् ।यहाँको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा जीवनराज थापा र फैरु तामाङ प्रमुख तथा शारदा विष्ट र सुशीला खत्री उपप्रमुखमा सिफारिस भएका छन् । बेलौरी नगरपालिकामा पल्लवराज भट्ट र यज्ञराज कँडेल प्रमुखमा तथा चित्रा चौधरी र गीता जैसी उपप्रमुखमा सिफारिस भएको उपसचिव महराले जानकारी दिनुभयो । कृष्णपुर नगरपालिका प्रमुखका उम्मेदवारमा कर्ण हमाल र लोकेन्द्र पन्त तथा उपप्रमुखमा लक्ष्मी बुढा सिफारिस भएका छन् ।त्यस्तै महाकाली नगरपालिका प्रमुख उम्मेदवारमा किशोर लिम्बू र राजीव खड्का तथा उपप्रमुखमा चिनी गिरीको सिफारिस भएको छ । लालझाँडी गाउँपालिका अध्यक्ष उम्मेदवारमा निर्मल राना, डिट्ठा राना तथा उपाध्यक्षमा कुस्मा रानाको नाम सिफारिस भएको एमालेले जनाएको छ । एमालेबाट बेल्डाँडी गाउँपालिकाका लागि अध्यक्षमा धनबहादुर थापा र लालबहादुर रावत तथा उपाध्यक्षमा कमला कार्कीको नाम सिफारिस भएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!