मोरङमा ग्रील तथा स्टील व्यवसायीको तालिम सुरु

- April 18, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पथरी । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आयोजनामा ३ महिने मेटल फेब्रिकेटर्स तालिम सुरु भएको छ । मोरङको पथरीशनिश्चरे जिरीखिम्तीमा एक कार्याक्रमका साथ सो तालिम सुरु गरिएको महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन्। सो तामिलमा झापा, मोरङ, सुनसरीलगायतका स्थानबाट प्रशिक्षार्थीहरुको सहमागीता रहेको छ । अध्यक्ष मोहन कटुवालले देशमा भू–कम्पपछि ग्रील तथा स्टील व्यवसायको माग बढी भएकोले हामीले पूर्वाञ्चलमा दक्ष कामदार उत्पादन गर्न ३ महिने मेटल फेब्रिकेटर्स तालिम ल्याएका बताएका छन् । आईएलओको सहकार्यमा हुने सो ३ महिने तालिम पथरीलगायत मोरङका विभिन्न स्थानहरुमा हुने केन्द्रीय सदस्य दिनेश पौडेलले जानकारी दिए ।
यस्तै ग्रील तथा स्टील व्यवसायी महासंघ मोरङका अध्यक्ष विनोद ढकालको अध्यक्षमा भएको कार्यक्रममा महेन्द्र प्रसाई, भगिरथ लुइटेल, तुलसी ढकाल, पत्रकार भूपेन्द्र तिम्सिनाले मन्तव्य राखेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!