तीन दिनभित्र शुल्क घटाउन विद्यार्थी संगठनद्वारा सरकारलाई अल्टिमेटम

- April 18, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । निजी विद्यालयहरुले आफुखुशी बृद्धि गरिएको शुल्क तीन दिनभित्र तत्काल घटाउन विद्यार्थी संगठनहरुले सरकारलाई अल्टिमेटम दिएका छन् । विभिन्न विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त रुपमा शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउदै तीन भित्र शुल्क घटाउन निर्देशन दिनकालागि समेत आग्रह गरेका छन् । यस अघि सर्वाेच्च अदालतले समेत सम्बन्धित निकायबाट पूर्ण स्वीकृत नगराई कुनै पनि शुल्क लिन नपाइने, एक पटक निर्धारण गरेको शुल्क तीन वर्षसम्म बढाउन नपाइने र तीन वर्षसम्म बढाउन स्वीकृती समेत दिन नमिल्ने आदेश दिए पनि त्यसको अवज्ञा गर्दै शुल्क बढाइएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) अखिल (क्रान्तिकारी), तराई मधेस विद्यार्थी फ्रन्ट, अनेरास्वियु (छैटौं), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौ) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै संविधानले व्यवस्था गरेको शिक्षाको मौलिक अधिकारको समेत बेवास्था गरिएको भन्दै शुल्क तत्काल घटाउन माग गरेका हुन् । शिक्षा क्षेत्रमा हुने गरेको ब्यापारिकरण बन्द गरी अबको तीन दिन भित्र शुल्क नघाटाइए विद्यार्थी संगठनहरुले कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!