लमजुङका गाउँ पर्यटकले भरिभराउ

- April 14, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लमजुङ । जिल्लाका विभिन्न गाउँ पर्यटकले भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आएका पर्यटकले ती गाउँ पर्यटकले भरिभराउ भएका हुन ।

घलेगाउँ, काउलेपानीलगायत गाउँमा घरबास, प्राकृतिक दृष्यावलोकका लागि पर्यटक आउन थालेका छन् । घलेगाउँमा बिहीबार मात्रै दुई सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका सचिव आशवीर गुरुङले बताउनुभयो । उहाँले आएका पर्यटकलाई ठाउँ नपुगेर नजिकका छिमेकी गाउँमा पठाएको बताउनुभयो ।

“गाउँमा आएका सबै पर्यटकलाई राख्न सकिएन, केहीलाई भुजुङ, घनपोखरातिर पठाउन बाध्य भयाँै,” उहाँले भन्नुभयो ।

यसैगरी काउलेपानी सोत पर्यटकले भरिभराउ भएको छ । काउलेपानी पर्यटन सूचना केन्द्रका सचिव कवीन्द्र गुरुङका अनुसार गाउँका सबै होमस्टे पर्यटकले भरिएका छन् ।

“कुनै घर खाली छैन, हामीलाई भ्याइनभ्याई भएको छ,” गुरुङले भन्नुभयो । दुई सयभन्दा बढी पर्यटक काउलेपानीमा वनभोज गर्न आएका उहाँले बताउनुभयो ।

सदरमुकाम बेँसीसहर नजिकैको खासुरका होमस्टे पर्यटकले भरिएका छन् । यसैगरी खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन रहेको खानीगाउँमा समेत पर्यटकको ओइरो लागेको स्थानीयवासीले बताएका छन् । नयाँ वर्षको अवसरमा यहाँ थप पर्यटक आएका छन् । नयाँ वर्षको दिन सार्वजनिक बिदा र भोलिपल्ट शनिबार परेकोले पर्यटकको चाप बढेको हो ।

गाउँमा पर्यटकको चाप बढेपछि स्थानीयवासी खुसी भएका छन् । यहाँको बासिन्दाको मुख्य पेसा कृषि र पर्यटन हुन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!