मन्त्री चौधरीद्वारा पुष्प खेतिको आकस्मिक अनुगमन

- April 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ, । कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले पुष्प खेति गरि रहेका केही नर्ससरीको आकस्किम अनुगमनमा पुगेका छन् । बुधबार राजधानीका बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् । बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अनुगमन अबलोकन गरेका थिए ।


मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएकोे साझेदारी कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।
सरकारको सहयोग बिना पनि यो क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रहेको बताउँदै पहिलो पटक अनुगमनमा निस्किएका मन्त्री चौधरीले फ्लोरिकल्चर क्षेत्रलाई मन्त्रालयको सहयोग जारी रहने समेत बताए ।

अनुगमनमा मन्त्री चौधरीसंगै पुगेका फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि बिकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए । उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!