आइजीपी नियुक्तीमा विवाद यथाबतः सुन र हिराकाण्डका आरोपी प्रहरी प्रमुख

- April 11, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । नेपाल प्रहरीको उच्च पदमा आफ्नो इच्छा अनुसारको व्यक्तीलाई नियुक्ती गर्नु पर्नेभन्दै नेपाली काँगे्रस र माओबादी केन्द्रबीच चलेको दोहोरीका कारण सो निकाय अझै विवादमुक्त हुन सकेन ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आप्mनै क्षेत्रका जयबहादुर चन्द र माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्षकमल दाहालले नबराज सिलवाललाई च्यापेर प्रहरी नियकाभित्र उग्र विवाद उत्पन्न गराएपछि अन्नत दोस्रो वरियाताक्रममा रहेका प्रकाश अर्यालाई आईजीपिमा सोमबार राती नियुक्ती दिएपछि झन विवाद चरमउत्र्षकमा पुगेको छ ।
यसअधि मन्त्रीपरिषद्को बैठकले जयबहादुर चन्दलाई सो पदमा नियुक्ती गरेपछि प्रहरीमा क्रमभंगता भयो भन्दै पहिलो नम्बरमा रहेका नबराज सिलवालले सर्वोच्च अदालतमा मुद्दा दाहेर गरेका थिए । सो मुद्दाको सर्बोच्चले बरियता, उच्च अंक र सम्मान लगायत ४ वर्षको कार्यसम्पादनलाई हेरी नियुक्ती दिनु भन्दै फैसला गरेपछि पहिलो नम्बरमा परेका सिलवाल सो पदमा नियुक्ती हुने पक्कापक्कि भएको अधिकांश अधिबक्ताहरुले बताएका थिए ।
तर सरकारले गत सोमबार साँझ बसेको मन्त्री परिषद्को बैठकले चन्द र सिलवाललाई पाखा लगाउदै प्रकास अर्यालाई नियुक्ती गरेपछि  प्रहरी प्रशासनमा तरङग उत्पन्न भएको छ । सरकारले डिआईजी अर्याललाई सो आइजीपीमा नियुक्ती गरेपछि अर्यालको विगदका कालाकर्तुत समेत बाहिर आएका छन् । सुन र हिराकाण्डमा परेका डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको छ । कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख थिए ।उनीहरुले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको हो ।

सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन निर्देशन दिएको थियो । दाङमा जन्मिएर स्नातक तहसम्म अध्ययन गरेका अर्याल प्रहरी भित्र लाभको पद पाएका अधिकृतका रुपमा सवैले चिन्ने गर्छन् । भैरहवादेखी सिआईवीसम्म काम गरेका अर्याल वेसिकमा अघि रहेपनि विभिन्न जिल्लामा वस्दा लागेको आर्थीक अपारदर्शीताको आरोप छ । अर्याललाई वुटवल र भैरहवामा बस्दा हिरा गायव पारेको आरोप लाग्नुको साथै प्रहरीमा चर्चीत ३५ किलो सुनको सुराकी प्रकरण र वुटवलमा हुदा मुल्य अधिवृद्धि कर (भ्याट) छलिमा समेत संलग्न रहेको भन्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानविन समेत गरेको थियो ।

अर्याल निवर्तमान आईजिपी उपेन्द्रकान्त अर्यालले सवैभन्दा बढी रुचाएका प्रहरी अधिकृत समेत थिए । निवर्तमान आइजीपी उपेन्द्रकान्तले डिआईजी अर्याललाई सो पदमा नियुक्त गर्न लविङ समेत गरेको आरोप लगाईएको थियो । अर्यालको लागी उपेन्द्रकान्त मात्र नभई अर्थमन्त्री कृष्णबहादुर महरा, पुर्वगृहमन्त्री खुमबहादुर खड्का, सिचाई मन्त्री दिपक गिरी, कांग्रेस सांसद डिल्ली चौधरी र धनाढ्य व्यापारी उपेन्द्र महतो समेतले लविङ गरि कुनै पनि हालतमा आईजीपी बनाउन दबाब दिएका थिए ।
प्रहरीलाई नीति र कानूनभन्दापनि दलका नेतालाई सहयोग गरेपछि आफुखुशी बढुवा गरिने क्रमदेखि रोलक्रम मिच्ने क्रममा तीब्रता आएको बारे यसअधि पनि समाचार तीब्रखबरले प्रथमिकताका साथ प्रकाशन गरेको थियो ।
तत्कालिन उपेन्द्रकान्त अर्यालभन्दा पहिले आईजीपी बनेका कुवेरसिंह रानाका पालामा पनि आईजीपी नियुक्तीमा यस्तै रस्साकस्सी चलेसंगै सो कार्य अहिले २५ औं प्रहरी प्रमुख छनोट सम्म आईपुग्दा अदालतको शरणमा समेत जानु परेको तीतो नजिर प्रहरी प्रशासनमा बसेको छ । तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले भीष्म प्रसाईलाई च्यापेपछि आईजीपी बनाउने खेलमा फोहोरी खेलले निरन्तरता पाएसंगै पुष्षकमल दाहालसम्म आईपुग्दा सो खेल नियन्त्रण हुनेभन्दापनि झन मौलाउदै गएको छ । प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाले आफु निकट व्यक्तिलाई २५ औं आईजीपी चयन गर्दा भएको झगडाका कारण सुरक्षानिकायमा आम जनताको विश्वास गुम्दै गएको छ ।
दलगत भागबन्डामै निर्णय गरेपछि बरियताक्रम अनुसार पहिलो नम्बरमा रहेका सिलवाल अन्न्त अदालतको आदेशबाट पनि सो पदमा नियुक्ती हुन सकेनन् । अदालतको फैसला पछि सोमबार मन्त्रीपरिषद्को बैठकले प्रकाश अर्याललाई नियुक्त ग¥यो ।
गृहमन्त्री बिमलेन्द्र निधि सरकारमा दोस्रो बरियता नपाएपछि मन्त्री परिषद्कै बैठकमा सहभागी भएन । सोही समयमा दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई आइजीपीमा नियुक्ती गरिएको थियो । सो खेलबाट नबराज सिलवाल, जयबहादुर चन्द, बमबहादुर भण्डारी बाहिरएका छन् । सीआईबी प्रमुख डीआइजी सिलवाल पछिल्लो समयमा ३४ किलो सुन बरामद गरेकै काण्डका कारण हुनै लागेको आइजीपी पदमा दलका उच्च नेता र प्रहरी प्रमुखबाटै सो पदमा नियुक्ती गर्न नहुने भन्दै गोप्ष् सर्कुलेसन गरिएको थियो । एक उच्च सुरक्षककर्मीका अनुसार सिलवाललाई सो पदमा नियुक्त गरेको खण्डमा सव नेताहरुको पोल खुल्ने र समाजमा तस्करीसंग मिलिमतो भएको जनताले थाहा पाउने भएकाले कुनै पनि हालतमा नियुक्त गर्न नुहने भन्दै सर्कुलेन गरेको बताए ।

डिआईजी सिलवाल दोस्रोपटक अदालतमा

आफूलाई आइजीपी बनाउन माग गर्दै डीआइजी नवराज सिलवाल दोस्रो पटक सर्वाेच्च अदालतमा पुगेका छन् । मंगलबार बिहान सिलवालले दर्ता गराएको रिटमा बुधबारका लागि पेशी तोकेको छ । डीआइजी सिलवालले सर्वाेच्च अदालतमा दुईवटा मुद्दा दर्ता गराएका छन् । दोस्रो मुद्दा अदालतको अवहेलना सम्बन्धमा रहेको छ सो मुद्दा मंगलबार दर्ता गराएका छन् । सरकारले अर्याललाई आइजीपीमा नियुक्त गरेपछि डीआइजी सिलवाल रिट लिएर अदालत पुगेका हुन । यस अधि चन्दलाई नियुक्ती गरिदा पनि उनी अदालतको शरणमा पुगेका थिए ।  आफू ज्येष्ठ डीआइजी हुँदाहुँदै र सर्वाेच्च अदालतका पाँचजना न्यायाधीशले गरेको फैसला विपरीत अनधिकृत एवं किर्ते फाइल खडा गरेर अर्याललाई आइजीपी नियुक्त गरिएको सिलवालको रिट निवेदनमा जिकिर छ । बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको कानूनी परामर्शअनुसार डीआइजी सिलवालले रीट दर्ता गरेका छन् ।

यो पनि पढ्नुहोस:

प्रहरी कमाण्डमा काँग्रेस माओबादी केन्द्रको हस्तक्षेपः सुनकाण्डबाट बच्न तेस्रो नम्बरका चन्दलाई काखी च्यापे

प्रहरीमा क्रमभंगता हुदै : देउवा र दाहालको आदेशमा चन्दको नाम आइजीपीमा चयन

प्रहरीमा क्रमभंगता हुदै : देउवा र दाहालको आदेशमा चन्दको नाम आइजीपीमा चयन


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!