चर्चमा विस्फोट सैत्तिसको मृत्यु

- April 10, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इजिप्ट । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् ।

आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले आफ्नो अमाक न्युज एजेन्सीमार्फत् जिम्मेवारी लिएको छ ।

आइतबार नाइल डेल्टाको सहर टान्टामा रहेको सेन्ट जर्ज चर्चमा प्रार्थनाका लागि जम्मा भएका दर्शनार्थीलाई लक्षित गरी गराइएको पहिलो विस्फोटमा २६ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी दर्शनार्थी घाइते भएका छन् ।

त्यसैगरी इजिप्टकै सामुद्रिक किनारामा अवस्थित अर्को एक सहर अलेक्जेन्ड्रियामा सेन्ट मार्कको चर्चमा भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी घाइते भएका इजिप्टको प्रहरीले जनाएको छ ।

इजिप्टमा इस्टर (क्रिश्चियनहरुको महत्वपूर्ण पर्व) आउनुभन्दा केही हप्ता पहिलेदेखि प्रार्थनाका लागि जमघट हुने समय पारेर गराइएको छ । यसैगरी केही दिन पछि सोही पर्वको अबसरमा पोप फ्रान्सिस अरब राष्ट्र इजिप्टमा आउने कार्यक्रम छ । रासस÷एपी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!