सिभिल होम्सको मालिकको ठगी कार्य जारीः कमिशनकै कारण सरकारी निकाय मौन

- April 9, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विभिन्न योजना देखाई सिभिल होम्सले आफ्नो ठगी कार्यले निरन्तरता पाएको छ । सरकारी पक्षलाई कमिशनको नजरना चढाएर उन्मुक्ति पाएको सो कम्पनीका मालिकलाई सरकारले अझै सम्म छानविन समेत गर्ने आँट गर्न नसकेकै कारण खुलारुपमा अपार्टमन्टको नाममा भई रहेको ठगी धन्धा रोकिन सकेको छैन ।

सरकारी तथा गैरसरकारी जग्गालाई राजनीतिक दलको आड्मा कम मुल्यमा लिई निमार्ण गर्दैै आएको सिभिल होम्सद्वारा उपभोक्ताहरु ठगीएको खुलासा भएको छ । सरकारी जग्गालाई दलको दबाबमा व्यक्तीगत बनाई रातारात ‘हाउजिङ’ निमार्ण गर्नेभन्दै विभिन्न उपभोक्तालाई मिठा आश्वासन दिएर ‘हाउजिङ’ को नाममा लुट मञ्चाएको सो होम्सबाट पिडितहरुले जनाएका छन् ।

सो कम्पनीले १७ वर्षदेखि हाउजिङ निमार्ण गरेर बिक्री गर्दै देश र जनतालाई ठूलो गुण लगाएको भन्दै शनिबार पत्रकार सम्मेलन गरि दाबी समेत गरेको थियो । पत्रकार सम्मेलन भनी बोलाएर एकहोरो आफ्नै गुणगान गाउदै समय विताई रहेको अबस्थामा घरजग्गा मेलाबाहिर भने सिभिल होम्सबाट ठगीएका उपभोक्ताहरुले पत्रकारलाई खोजी गरेका थिए । मेलामा भेटिएका एक उपभोक्ताले इच्छाराम समुहबाट आफुहरु ठगीएको  बताएका थिए ।

सो होम्सले निर्माण गरेका अधिकांश हाउजिङ (संयुक्त आवासीय क्षेत्र) मा जग्गा अधिकरणदेखिनै विवाद पर्दै आएकोमा पछिल्लो पटक सो कम्पनीले उपभोक्तालाई घर हस्तान्तरण समयमा गर्न नसकेपछि पिडित उपभोक्ता सो कम्पनी विरुद्ध आन्दोलनमा उत्रने अन्तिम तयारी समेत गरेका छन् । सिभिल कोलोनीबाट निमार्ण भएका सवै हाउजिङमा समस्या उत्पन्न भएको र कम्पनीले सो समस्या समधान समेत गर्न नसेकाले उपभोक्ताहरु आफुले बुझाएको पैसाको सावाँव्याँज सहित फिर्ता दिई सरकारले ठगी गर्ने सो कम्पनी सञ्चालक सवैलाई ‘ठगी मुद्दा’ लगाई कारबाही गर्नु पर्नेभन्दै आन्दोलनमा उत्रने तयारी गरेको उपभोक्ताहरुले जनाएका छन् ।

सो कोलनीमा सिभिलले पूर्व प्रतिवद्धता अनुरुप संरचना नबनाएपछि र सम्झौता अनुसारका सुविधाहरु नदिएपछि उपभोक्ता कोलनी विरुद्ध उत्रेका हुन । सो कम्पनीले बस्तीहरुको कित्ता एकीकृत गर्ने र घर निर्माण सम्पन्न प्रमाणपत्र दिने भन्दै अग्रीम रकम लिएपनि सो अनुसार कार्य नगरिदा पिडिड हुन पुगेको जनाइएको छ ।

एमालेबाट समानुपातिकबाट सांसद समेत रहेका सो हाउजिङका सञ्चालक इच्छाराज तामाङले आफ्नो पद र प्रभावको बलमा आफूहरुमाथि मनलाग्दी गरेको हाउजिङहरूका घरधनीको आरोप समेत लगाएका छन् ।

नाम नलेख्ने सर्तमा एक पिडितले भने,‘सुरुमा विभिन्न सुविधा, कुनै समस्या नभएको घर निमार्णपछि घर निमार्ण सम्पन्न प्रमाणपत्र दिने भनिएको थियो तर अहिले केही प्रमाण पनि पाइएको छैन, सो बारे सोध्न खोजेमा विभिन्न डरधम्की समेत दिने गरेका छन् ।’

अहिले सो कम्पनीले फेज २, ३, ४, ५ तथा ६ भित्रका घरधनीले संयुक्तरुपमा आफ्नो बस्तीमा रहेको समस्याहरुलाई पहिचान गर्दै सिभिल होम्सले गरेको बदमासीबारे सबै सरोकारवाला निकायमा जानकारी गराउने समेत तयारी गरेका छन् ।


उनीहरुले सिभिल होम्सविरुद्ध चेतनामूलक कार्यक्रम गरेर नयाँ उपभोक्तालाई फस्न नदिन कम्पनीले यसअघि गरेका छलकपट, हेलचक्रयाइँ र बेवास्ताको पर्दाफास गर्ने निर्णय गरेसंगै सो कम्पनीका केही पेशेबर गुण्डाबाट धम्की समेत दिने गरेको पिडतहरुको भनाई रहेको छ । घर बेच्दा जुन प्रतिवद्धता गरिएको थियो त्यो एउटै पनि पुरा नभएको आरोप उपभोक्ताहरुको रहेको छ । यसैगरी, सिभिल होम्सको तीनथानामा अवस्थित फेज–२ मा कम्पनीले पूर्वप्रतिवद्धता अनुरुप धेरै काम अधुरो छाडेको छ । निर्माण सकिएको भनिए पनि धेरै पूर्वाधाररुको काम त्यत्तिकै छाडिएको छ ।

सम्पूर्ण विजुलीको तार अण्डरग्राउण्ड गर्ने भनिए पनि त्यो गरिएको छैन । कोलनीलाई पूर्ण रुपमा कम्पाउण्डले घर्ने सम्झौता पनि पुरा गरिएको छैन । मूल र शाखा गेटबाहेक क्लबका लागि छुट्टै गेट नबनाउँदा सुरक्षाको महसुस नभएको र त्यसैका कारण ७ जना सुरक्षा गार्ड राख्नुपर्दा कोलनीमा खर्च बढेको त्यहाँको आवासीय समितिले स्वीकारेको छ ।

सुरुमा ९६ घरका लागि तयार गरिएको संरचना र डिजाइनमै १२३ घर बनाउँदा पानी, बाटो लगायतका पूर्वाधार पर्याप्त हुन नसकेको आरोप उपभोक्ताहरुको रहेको छ । सो कोलनीमा पानी फिल्टरको पूर्वाधार नै राखिएको छैन । आवासीय क्षेत्रका प्रायः कुनै पनि घरलाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छैन । तर सो प्रमाणपत्र चाहिएमा त्यसका लागि थप ५० हजार रुपैयाँ कम्पनीले माग गरेको स्थानीयले गुनासो गरेका छन् ।


पहिलो नक्सामा देखाइए जस्तो स्वीमिङपुल, साउना लगायतका सुविधा नदिइएको भन्दै फेज–२ का बासिन्दाले आन्दोलनको तयारी थालेका हुन । सो कम्पनीले तयार गरेको सुनाकोठीको फेज थ्रीमा सवैभन्दा बढी समस्या भएको हाउजिङ हो । कम्पनीले पूर्वप्रतिवद्धता अनुरुप धेरै सुविधाहरु नदिएकै कारण उपभोक्तालाई झुक्याएको भन्दै धेरैपटक आन्दोलन भइसकेको थियो  ।

यो कोलनीसँगै बनेको फेज(५ का स्थानीय पनि यस्तै समस्याबाट पीडित रहेको संघर्ष समितिले जनाएको छ ।

सिभिल होम्सले धापाखेलमा बनाएको चौंथो चरणको आवासीय क्षेत्रमा पनि अनेकन समस्या रहेका छन् । सबै जग्गाको कित्ता एकीकृत गरी मिलान गर्नुपर्ने सरकारी ब्यवस्थालाई यो फेजमा पनि कम्पनीले के ग¥यो भन्ने स्थानीयलाई पत्तो दिइएको छैन । बस्तीमा बनाइएको सामुदायिक हलमा कम्पनीले आफ्नै गोदाम राखेको छ । यो प्रयोगको अधिकार कोलनीबासीलाई नदिइएको संघर्ष समितिले जनाएको छ । सिभिल होम्सका घरहरुमा यति बिघ्न समस्या रहेका छन की त्यो उल्लेख गरेरै साध्य नभएको पिडितहरुको भनाई रहेको छन । सो कम्पनीले उपभोक्ताहरुलाई रंगीन ब्रोसर देखाएर नयाँ फेजहरुमा बन्ने घर बेच्दै आएको तर घर भने नदिएको गुनासो पिडितहरुको रहेको छ । सरकारी मापदण्ड विपरित निमार्ण भई रहेका सवै घरहरुलाई सञ्चालक तमाङले कमिशन दिएर सम्बन्धित निकायको आखाँ समेत छोपी दिएको आरोप उपभोक्ताहरुको रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!