तीव्रखबर समाचार प्रभाव : धमाधम ओप्पोको मोवाइल सेट फिर्ता

- April 7, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा

काठमाडौं । नेपाली बजारमा हालै ल्याएको चीनियाँ कम्पनीले उत्पादन गरेको ओप्पो ब्राण्डको मोवाइलमा विभिन्न समस्याहरु देखा परेपछि उपभोक्ताहरुले धमाधम फिर्ता गर्न थालेका छन् ।

सो मोवाइलमा प्रयोग भएको हाडवयर र सफ्टवयरले पूर्ण रुपमा काम नगरेपछि र सेल्फीमा उत्कृष्ठ भनी गरिएको प्रचार समेत झुट सावित भई खिचिएको फोटो धमिलो आएपछि उपभोक्ताहरुले धमाधम महंगा सेट सम्बन्धित वितरककोमा फिर्ता दिएको व्यापारीहरुले तीव्रखबरलाई जानकारी दिएका छन् ।

व्यापारीहरुले जानकारी दिने क्रममा वितरक मध्ये भर्जिन मोवाइल प्रा.लि. नाम लिँदै विवेक शर्माले भने ‘तीव्रखबरले लेखेपछि ओप्पो मोवाइल उपभोक्ताहरुले फिर्ता गरेका छन्, समस्याहरु ओप्पो मोबाइलमा मात्र होइन, सबै मोवाइलमा छ । तपाईहरु कुरै नबुझि लेख्नुहुन्छ, तपाईहरु र कम्पनीलाई त केही फरक नपर्ला हामी वितरक भने प्रत्येक्ष उपभोक्ताहरुसंग ‘डिल’ गर्न पर्ने हुँदा धेरै समस्या बेहोर्न बाध्य छौं, हिजोमात्र बेचिएको तीन वटा सेट आजै फिर्ता गर्न उपभोक्ता मेरो पसलमा आएका थिए ।’

तीव्रखबरले ओप्पो ब्राण्डका मोवाइल सेटहरु गुणस्तरहिन भएको विषयमा पटक पटक प्रकाशित गरेको समाचारको प्रभावले अहिले उपभोक्तहरु व्यवसायीहरुसंग गुनासो गर्न थालेका छन् । उनीहरुलाई ओप्पोका मोवाइल सेटहरु बिक्रीका लागि राख्ने की नराख्नेसम्म दोधारमा पर्न थालेको बताइएको छ ।

ओप्पोको प्रचार प्रसारबाट आकिर्षक भएका उपभोक्ताहरु सेट खरिद गरेपछि त्यसमा भेटिएक समस्याहरुबाट दिक्क छन् । मोवाइल तात्नु, ब्याट्री नटिक्नु, ह्याग हुनु र सेल्फीमा उत्कृष्ट फोटो नआउनु लगाएतका समस्याका साथै सफ्टवयर र हाडवयरले राम्रो काम नगरेको र तीव्रखबरले पनि त्यहि लेखेको भन्दै सेट फिर्ता गर्न थालेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले बताए । ओप्पोका थप समचार तीव्रखबरले खोजी जारी राखेको छ ।

यो पनि पढ्नुहोस्

चर्चित स्मार्टफोन ओप्पो : उपभोक्ताका लागि टोक्नु न बोक्नु


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!