असोजमा मेलम्चीको पानी नआउने चिन्ता

- March 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ ।सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गर्नुभयो ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलसम्म २७।५८ किमी सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २३।२३ किमी सम्पन्न भएको छ । बाँकी साढे चार किमी सुरुङ निर्माण सकी विसं २०७४ असोज मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने सरकारको लक्ष्य छ ।

शोक प्रस्ताव पारित

सांसद दुलारी देवीको बिहीबार राति निधन भएपछि आजको बैठकमा सभापति डोरप्रसाद उपाध्यायले शोक प्रस्ताव राख्नुभयो ।सांसद दुलारी देवीको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको बैठकमा राखिएको कार्यसूची मेलम्चीका विषयमा आगामी बैठकमा छलफल गर्ने गरी बैठक स्थगित भएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!