प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

- March 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले आज शिष्टाचार भेट गर्नुभयो ।त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएकोे उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।उक्त सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आजै बोआओ पुग्नुभएको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!