पुस्तक लैजाने क्रम बढ्यो

- March 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । नयाँ शैक्षिक सत्रमा विद्यालयका लागि आवश्यकपर्ने पुस्तक लैजाने क्रम बढेको छ ।गण्डकी तथा धवलागिरी अञ्चल अन्तर्गतका जिल्लामा पुस्तक वितरण गर्दै आएका जनक शिक्षा सामाग्री केन्द्र, पोखराले विभिन्न जिल्लाका लागि पुस्तक पठाउने कार्यलाई तीव्रता दिएको कार्यालयका सूचना अधिकारी शिवलाल पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार वैशाख १ गतेपछि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पछिल्ला दिनमा यस क्षेत्रअन्तर्गतका विभिन्न जिल्लाका लागि पुस्तक लैजाने क्रममा वृद्धि भएको हो ।

चैत मसान्तभित्रमा सबै विद्यालयमा पुस्तक पु¥याउने सोचका साथ कार्यालयबाट काम भइरहेको उहाँले जानकारी दिनुभयो ।यस क्षेत्रमापर्ने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकोले ती जिल्लामा फागुन महिना सुरु हुनुअगावै पुस्तक पठाइसकिएको कार्यालयले जनाएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!