मासिक १० हजार भत्ता सहित मेटल फेब्रिकेटरको तालिम

- March 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघको पहलमा ९० दिने तालिमको आयोजना सञ्चालन गरिने भएको छ । हाल यस तालिमको निम्ति काठमाडौंमा ४० जना र मोरङमा २० जना बेरोजगार र नेपालमानै रहेर काम गर्न चाहने जागरूक नेपालीहरूलाई सो तालिमकालागि दरखास्त दिनकालागि आह्वान गरेको महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन् ।

17425143_1263897470398259_1550262594741192501_n
महासंघका अध्यक्ष कटुवालका अनुसार पछिल्लो समय नेपालमा कामको निम्ति यस क्षेत्रमा रहेर काम गर्न नचाहने  मानिसहरूको आकर्षण बढ्न नसकेकाले यस क्षेत्रमा पनि राम्रो रोजगार पाउने अबस्था रहेको बताउदै  ३ महिने तालिम सञ्चालन गर्न लागिएको जनाए । उनले भने,‘प्रशिक्षार्थीहरूलाई तालिमका साथै सो अवधि भरको भत्ता स्वरुप मासिक १० हजार रुपैयाँ दिने बताए । तालिममा सहभागि हुनको निम्ति शैक्षिक योग्यता साधारण अर्थात सामान्य लेखपढ गर्न जान्ने भएपनि हुने अध्यक्ष कटुवालले बताएका छन् ।
तालिम अहिले सञ्चालनमा रहेका ग्रील उद्योगहरूमा नै सञ्चालन हुनेछ । तालिममा सहभागि प्रशिक्षकहरूले तालिम अवधिमा समेत भत्ता सुविधा प्राप्त गर्न सक्नेछन् । तालिम पछि उनीहरूलाई रोजगारीको समेत ग्यारेण्टी गरिनेछ । प्रशिक्षार्थीको सीप मापनको कार्य सिटिइभिटी माध्यमबाट हुनेछ । तालिममा सहभागि हुन चाहने व्यक्तिहरूले यही चैत्र १६ गते भित्र नै श्रम मन्त्रालयको रोजगार सूचना केन्द्र टेकुमा दरखास्त बुझाइसक्नु पर्ने अध्यक्ष कटुवालले बताए  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!