अनुदानमा मकैको बीउ वितरण

- March 22, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई यस वर्ष उन्नत जातका मकैको बीउ वितरण गरेको छ ।मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्लाका थुम्की, माझठाना, मिजुरेडाँडा, घाचोक, पुरुन्चौर, देउराली, कृषि र भरतपोखरीका कृषकलाई वितरण गरिएको हो । कार्यालयले ६०० किलो अन्य उन्नत जातको बीउ समेत निःशुल्क वितरण गरेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!