लाङटाङमा स्वास्थ्य र सुरक्षाको माग

- March 22, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रसुवा। गत सालको भूकम्पपछि लाङटाङ क्षेत्रमा स्वास्थ्य र सुरक्षाको काममा शून्यता छाएको जनाउँदै स्थानीय बासिन्दाले दुवै निकाय स्थापनाको माग गरेका छन् ।क्यान्जिन गुम्बा लाङटाङ समाजका अध्यक्ष छिरिङपेवा तामाङका अनुसार भूकम्मपछि ग्रामीण समाजमा उपचार गर्ने स्वास्थ्य संस्थाका प्राविधिक र नेपाल प्रहरीको टोली नफर्केका कारण साबिकअनुरुप स्वीकृत दरबन्दीका स्वास्थ्य केन्द्र र नेपाल प्रहरीको चौकी स्थापना गरिदिन आग्रह गरिएको हो ।भूकम्पपछि विस्थापित सबै लाङटाङवासी आफ्नो थातथलोमा फर्किसकेको र बसोबासका लागि गैससको सहयोगमा आवास निर्माणसमेत भइसकेको छ । पर्यटक आगमन हुने क्षेत्रमा रोगको उपचारका लागि स्वास्थ्य तथा पर्यटकीय क्षेत्रको हिसाबले स्थानीय बासिन्दा र पर्यटकसमेतको सुरक्षाका लागि प्रहरी चौकीको अति आवश्यक भएको स्थानीय बासिन्दाको माग छ ।लाङटाङ क्षेत्रमा स्थानीय बासिन्दाले आफ्नो तवरबाट आवास बनाए र पर्यटक पनि जान थाले तर भौगर्भिक अवस्थाका बारेमा विज्ञद्वारा तयार पारिएको प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत प्राप्त भएको छैन । प्रजिअ चोमेन्द्र न्यौपानेले अस्थायी रुपमा भए पनि प्रहरी चौकी पठाउने सोचाइ भएको बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!