नेपाल-भारत सीमा : प्रहरीको मिलोमतोमा खुलेआम तस्करी

- March 22, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इनरुवा । सीमा क्षेत्रबाट हुने अवैध माल समानको तस्करी रोक्न सक्रिय निकाय नै भ्रष्ट भएपछि अहिले तस्करीको अवैध माल सुनसरीका सुरक्षाकर्मीहरुका लागि मालामाल बन्ने साधन बन्न पुगेको छ ।

सुनसरीको भण्टावारी नाकाबाट हुने तस्करीमा सुनसरी प्रहरीले कडाई गरेपछि पछिल्लो समय तस्कारहरु सुनसरी को श्रीपुर नाकाको प्रयोग गरि भारतीय मालसमान नेपाल भित्रयाउन थालेका छन ।

सुनसरीको भण्टावारी नाकाबाट निर्वाद तस्करी फस्टाएको खबर प्रकाशन गरेपछि भएको हरिपुर सिमामा कडाई पछि श्रीपुर नाकाबाट अवैध मालसमानको तस्करी फस्टाएको फेला परेको छ । कपडा खाधयन्न समग्रीहरु तथा हार्डवेयेरका समानहरु श्रीपुर सुनसरीका प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा भारतबाट भन्सार छालि गरि ल्याउने गरेको अवैध माल समानको कारोवार बढेको छ ।

नेपाल र भारत बिच रहेको खुलासिमा नाकाको फाईदा उठाउदै तस्कारहरुले भारतीय बजार विरपुर भिमनगरबाट खरिद गरी ल्याएका मालसमान सिमा सुरक्षा सशत्र प्रहरीबल श्रीपुर सुनसरीका प्रहरी कर्मचारीको मिलोमतोमा खुलेआम नेपाल भित्राउने गरेको समाचार श्रोतको दाबी रहेको छ ।

सुनसरीको श्रीपुर स्थितमा व्यापक रुपमा तस्कारहरुको संख्या बढेको पाईन्छ । सशत्र प्रहरीको मिलोमतोमा दर्जनौ तस्कारहरुले गाँजा, मदिरा, सुपारी, सशत्र प्रहरीले दिएको लाईनबाट भारत तर्फ लाने् गरेको पाइएको छ ।

नेपाल भारत बिच रहेको विभिन्न सिमा नाका मध्ये सुनसरीको लौकही पनि प्रमुख नाका हो । भारतको बसमतिया बजारबाट खरिद गरि ल्याएका भारतीय समानहरुको भन्सार नै नकटाई खुलेआम लौकही र श्रीपुर नाकाको प्रयोग गर्दै नेपाल भित्राउने गरेको समाचार श्रोतको दाबी रहेको छ ।

यस्तै हरिपुरको भण्टावारी र कोशी व्यारेजको मेख्य नाकामा प्रहरीले सुरक्षा व्यवस्था बलियो बनाए पछि श्रीपुर नाकाबाट प्रहरील लाईन खएर तस्कारी गराउँदै नाम प्रकाशति नगर्न शर्तमा स्थानियबासीहरुले बताए ।

लौकही र श्रीपुर नाकावाट दैनिक लाखौं रुपैंयाको भारतिय माल समान अवैध रुपमा नेपाल भित्राउने गरेको भएपनि माथिल्लो निकाय सिमा सुरक्षा तथा सशस्त्र प्रहरी बल सुनसरी, जिल्ला भन्सार कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यलाई सुनसरी मुखदर्शन भएर टुलुटुलु हेर्नु बाहेक कार्वाह गर्न नसकिएको स्थानियबासीहरुको आरोप रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!