सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

- March 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाजुरा । जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ ।युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ ।पौडेलले एक विद्यालयको खेल मैदान बनाउनका लागि रु तीन लाखदेखि रु २० लाख सम्म आएको राससलाई जानकारी दिनुभयो । कार्यक्रममा चैतभित्र ६० प्रतिशत रकम खर्च गरिसक्नुपर्ने प्रावधान रहेको बताउँदै खेल मैदान निर्माण हुनेमा कैलाश तथा पार्वती उच्च मावि, बडिमालिका, मानाकोट, तोली देवल, चोयाकोट र त्रिभुवनेश्वरीका लागि रु २० लाख विनियोजित भएर आएको पौडेलको भनाइ छ ।

यस्तै, जीवन ज्योति मावि, धौलपुरी, मष्टेश्वरी, नन्देश्वरी तथा दुर्गा भवानी मावि र गायत्री प्राविले रु १५ लाख पाउने भएका छन् । त्रिभुवन प्राविमा रु चार लाख र पाण्डप प्राविमा रु तीन लाख छुट्याइएको छ । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हीरेन्द्र रोकायाले जिल्लामा खेलकुदको विकासका लागि यस वर्ष ठूलो रकम आएको बताउनुभयो । बजेटले छतारा, कैलाशमाडौँ र तोली गाविसमा रहेका विद्यालयलाई बढी प्राथमिकता दिइएको छ ।खेल मैदान अभावका कारण जिल्लाका खेलकुदका कार्यक्रम प्रभावित हुँदै आएका थिए । तर यो वर्षदेखि खेल मैदान बन्ने भएपछि खेलप्रेमीमा आशा पलाएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!