पत्रकार अक्षयकोष स्थापना

- March 20, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गाईघाटउदयपुर । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।महासङ्घले रु एक लाख सङ्कलन गरेर अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । आगामी तीन वर्षभित्र रु दश लाखसम्मको कोष बनाउने तयारी गरेको शाखा अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो । कोषका लागि विभिन्न सङ्घ संस्था तथा सहयोगकर्ताबाट रकम सङ्कलन गर्ने कार्य भइरहेको छ ।सङ्कलन गरिएको रकमको ब्याजबाट जिल्लाका पत्रकारलाई भइपरी आउने समस्या समाधानका लागि सहयोग पुग्नेछ । यस्तै सङ्घले त्रियुगा नगरपालिकाको रु एक लाख सहयोगमा त्रियुगा नगरपालिकाका संस्थापक मेयर लालसेर राईको नाममा ‘लालसेर राई स्मृित पुरस्कार’ कोष समेत खडा गरेको छ । उक्त रकमको वार्षिक ब्याजबाट बर्सेनि जिल्लामा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई ‘लालसेर राई स्मृित पुरस्कार’बाट सम्मानित गर्ने निर्णय गरेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!