लगानी कोषको पुँजी उत्पादनमूलक क्षेत्रमा लगाउन अर्थमन्त्री महराको निर्देशन

- March 18, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले नागरिक लगानी कोषको पुँजी उत्पालनमुलक क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन् । उनले  नागरिक लगानी कोषको २७ औँ वार्षिक साधारणसभामा सो निर्देशन दिएका हुन । उनले छरिएको पुँजीलाई एकीकृत गर्नसके पुँजी बजारको विकास भई देश समृद्धिको दिशामा अघि बढ्ने उनले उल्लेख गरे।
उपप्रधानमन्त्री समेत रहेका महराले कोषको रकमलाई विकास निर्माण र आर्थिक उत्पादकत्वको क्षेत्रमा लगानी गरि दिगो विकास हासिल गर्नुपर्नेमा जोड दिए। उनले कृषि उत्पादन क्षेत्रमा लगानी नहुँदा बैंकले तरलता भोग्नु परेको यथार्थलाई मध्यनजर गरी उत्पादनमूलक पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गरिनुपर्ने धारणा व्यक्त गरे।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्कीले कोषको दायरालाई फराकिलो बनाई पुँजी अभिवृद्धि गरी विकास निर्माणमा लगानी गर्नुपर्ने बताए। कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले सन् २०१६ देखि इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्टसँगको सहकार्यमा विप्रेषणलाई लगानी कोषको एकांक योजनामा ल्याएको बताए। सो रकमलाई उत्पादनमूलक पूर्वाधारका क्षेत्रमा लगानी गर्ने गराउने वातावरण तयार पारेको पनि उनले जानकारी दिए।

कोषमा आबद्ध पाँच लाख ७० हजारभन्दा बढी सेवाग्राहीमार्फत हाल कुल सञ्चय रु ८५ अर्ब र लगानी रु ८० अर्ब रहेको छ। कोषको कार्यलाई सहजता प्रदान गर्न काठमाडौँकेन्द्रित कारोवारलाई विकेन्द्रीकृत गर्दै पोखरा र विराटनगरमा शाखा कार्यालय सञ्चालन गरिरहेकामा थप शाखा सञ्चालन गर्ने कार्य अगाडि बढाइएको कोषले जनाएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!