बैदेशिक रोजगार अध्यक्षको ठगीधन्धाः युवा/युबतीको विचल्ली

- March 17, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बेरोजगार युवा÷युबतीलाई बिदेशमा काम लगाई दिनेभन्दै लोभ देखाएर आफुखुसी रकम असुल गरि करोडपति बनेका नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्ष प्रेम कटुवाल जघन्य ठगी केसको आरोपमा अहिले प्रहरी हिरासतमा रहेका छन् ।
सुरुमा मुनड्रप्स म्यानपावर कम्पनीको ऐजेन्टको रुपमा यस व्यवसायमा हात हालेका कट्ुवाल रातारात धनीको सूचीमा परि विलाशिता जीबन विताउन थालेका थिए । पछि सो कम्पनीमा समेत मनमुटाब भएपछि काठमाडौंको महाराजगन्ज चक्रपथमा ‘ब्लु स्काइ म्यानपावर’ खोलेर आफु संचालक भएको भन्दै ठगी धन्धालाई जारी राखेको उनी निकट एक व्यवसायीले नान नलेख्ने सर्तमा बताएका छन् । स्रोतका अनुसार कटुवालसंगै थप ३ जना पनि ठगीकै आरोपमा प्रहरी नियन्त्रणमा रहेका छन् । कटुवालको स्रोत नखुलेको २४ लाख रुपैयाँ उनको बैंक खातामा भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।
माछापुछ्रे बैंकमा रहेको उनको खातामा जम्मा भएको २४ लाख रुपैयाँको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी श्याम ज्ञवालीले बताउदै आएका छन् ।  कटुवालले ५० जना भन्दा बढी महिलाहरुसँग ठगी गरेको रकम उनको बैंक खातामा भेटिएको प्रहरी स्रोतले जनाएको छ । कटुवाल नाम चलेका म्यानपावर व्यवसायीका रुपमा चिनिन्छन् ।
सामाजिक संजाल फेसबुकबाट ठगिएकाहरु प्रहरीसमक्ष आएर उजुरी दिएपछि प्रहरीले ३ जना महिलालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका महिलाहरुले आफूहरुले पाएको रकम कटुवालको खातामा जम्मा गरेको बताएपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन । फेसबुकको फेक आइडी बनाउने, महिला तथा युवतीहरुलाई रिक्वेष्ट पठाउने, साथी बनेपछि इमोसनल व्याकमेलिङ गर्ने गिरोहको कटुवाल सदस्य रहेको प्रहरीले बताएको छ ।
काठमाडौं बानेश्वरकी एक युवतीलाई बेलायती युवकको नामबाट फेसबुकमा रिक्वेष्ट गरेर पटक पटकसाथी बनिन्न आग्रह गरेको उजुरीमा रहेको छ ।  लामो समयसम्म उनीहरुवीच च्याटमा उनीहरुको कुराकानी भएको र मैले तिमीलाई ५० हजार पाउण्डको उपहार पठाउन लागेको छुँ भन्दै ति बेलायती युवकले महिलाको ठेगाना मागेसंगै उनले ठगी गरेको आरोप पत्रमा रहेको छ ।
उपहारकै फोटो फेसबुकमा देखाएपछि उनले पत्याएर बेलायतबाट उपहार पठाएको केहीदिनपछि ती युवतीलाई तपाईँको नामको उपहार दिल्लीमा आइपुगेको र यहाँ कर कार्यालयले समातेको बताउदै सो छुटाउन २ लाख लाग्छ के गर्नुहुन्छ भनेर दिल्लीबाट फोन आएको ती महिलाले बताएकी छिन । प्रहरीका अनुसार बानेश्वरकी ती महिलाहरु जस्तै अन्य ५० भन्दा बढी महिलाबाट ठगी भएको दुई तीन लाख रकम कटुवालको खातामा जम्मा भएको हो । यसअघि पनि यस्तै गरी कटुवालको खातामा करोडभन्दा बढी जम्मा भइसकेको प्रहरीले दाबी रहेकोे छ ।
फेसबुक मार्फत महिलाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले कटुवाल पक्राउ गरेसंगै अन्य म्यानपाबर व्यवसायी समेत अहिले शंकाको घेरामा परेका छन् । उनले ६० जनाभन्दा विवाहित र श्रीमान विदेश भएका महिलाहरुलाई फेसबुकमा साथी बनाएर उपहार पठाउने भन्दै २४ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले जानकारी दिएका छन् ।
महाराजगन्जमा ब्लु स्काई ओभरसिज सञ्चालन गर्दै आएका कटुवालले महिलाहरुबाट २४ लाख रुपैयाँ बैंक खातामा डिपोजिट गरेको स्वीकार गरेपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको पनि उनले जानकारी दिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!